|

सुर्खेत : आगामी बैशाखमा सुर्खेतको वीरेन्द्रनगरमा हुने दोस्रो संकरणको कर्णाली प्रिमियर लिग (केपिएल)मा आठ टिमले सहभागिता जनाउने भएका छन्। आयोजक कर्णाली किक्रेट एकेडेमीले मंगलबार प्रतियोगितमा सहभागी आठ टिमको नाम सार्वजनिक गरेको छ।

प्रतियोगितामा तीन विभागीयसहित पाँच क्लबको सहभागिता रहने एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए। प्रतियोगिममा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफले सहभागीता जनाउने छन्।

यस्तै, प्रतियोगितामा कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, लालीगुराँस क्रिकेट एकेडमी झापा, मध्यपश्चिम क्रिकेट बाँके र हिमालयन क्रिकेट एकेडमी काठमाडौं  सहभागी हुने छन्।

प्रतियोगिता आयोजना हुने कालुन्चोक किक्रेट मैदान स्तारोन्नतिको काम भइरहेको अध्यक्ष शाहीले जानकारी दिए। उनले मैदान स्तरोन्नतिका लागि संघ, प्रदेश र जिल्लास्तरका कुनै पनि खेलकुद निकायबाट सहयोग प्राप्त नभएका गुनासो गरे। कामका लागि विभिन्न दाताहरुसँग सहयोग उठाउँदै मैदान निर्माणमा जुटिरहेको उनको भनाइ छ। प्रतियोगिताका लागि मैदानको स्तरोन्नतिका लागि मैदान सम्याउने, पिच र बाउन्ड्रीको लेभल मिलाउने लगायतको काम भइरहेको छ।

गत संस्करणमा केपिएलको विजेतालाई तीन लाख रुपैयाँ पुररस्कार र ट्रफी प्रदान गरिएको थियो। यस सस्करणको पुरस्कार र ट्रफी केही दिनमा घोषणा हुने बताइएको छ।  प्रतियोगिता बैशाख १२ देखि २१ सम्म वीरेन्द्रनगरमा हुने छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.