बालुवाटारमै थन्किए उपत्यकामा चलाउन ल्याइएका बस

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  कात्तीकमा उदघाटन गरेका बिजुली बस काठमाडौं उपत्यकाको सडकमा गुड्ने कम्पनीकाे दाबी छ। उदघाटन भएको २८ हप्तापछि काठमाडौंवासीले बिजुली बस चढ्न पाउने  बिवाइडी कम्पनीको कोअर्डिनेटर साहिल श्रेष्ठले जानकारी दिए।  २०७५ साल कात्तिक ६ गते साझा बसको प्रांगणमा तामझामका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन गराइएका बस लामो समय त्यतिकै थन्किएर बसेका छन्। 

सरकारले तीन सय बस ल्याउन लागेको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले केहिदिन अघि मात्रै घोषणा गरेका छन्। काठमाडौं उपत्यका र मुलुकका अन्य भागमा अब चाडै बिजुली बस कुदने  मन्त्री बस्नेतकाे दाबी छ।

तर,उपत्यकामा चलाउन भनेर ल्याइएका पाँचवटा बिवाइडी कम्पनीका बस नेपालकाे सम्पर्क कार्यालय बालुवाटारमा थन्किएका छन्। मापदण्डविपरीत र प्राविधिक त्रुटि भएको भन्दै सरकारी तवरबाट बिजुली बसहरू सञ्चालन गर्न दिएकाे थिएन। वैशाखको अन्तिम हप्तादेखि काठमाडौं उपत्यकामा बिजुली बस चल्ने बिवाइडी कम्पनीको कोअर्डिनेटर साहिल श्रेष्ठले बताए।

सरोकारवालाहरूसँग छलफल भइरहेको छ, यसलाई चाँडोभन्दा चाँडो सञ्चालन ल्याइने श्रेष्ठले  जानकारी दिए। सरकार र सरोकारवालाहरूसँग छलफल भइरहेको  श्रेष्ठको भनाइ छ। साझाकाे प्रांगणमा थन्कएका बिजुली बस बिवाइडीले एक महिनाअघि मात्रै कार्यालयमा राखेको  श्रेष्ठकाे भनाइ छ। 

'बिजुली बस मापदण्डविपरीत रहेको हल्ला मात्र हो,' उनले भने, 'बुझाइ मात्र फरक हो, नेपालमा चलाउने बस मापदण्डविपरीतको हुनुपर्छ भनेर कम्पनीले पठाउँदैन।'

कुनै पनि बस कम्पनीले मापदण्डविपरीत बनाउँदैन। कम्पनीले सबै कुराको परीक्षण गरेर मात्र बाहिर ल्याउने गर्छ यो मापदण्डविपरित नभएकाे उनकाे दाबी छ।  काठमाडौं उपत्यकामा बिजुली बस चलाउनुबाहेक  अन्य विकल्प नरहेको श्रेष्ठ बताउँछन्।

उपत्यकामा पाँचवटा बस चल्नेछन्। यसका लागि रुट तय भइसकेको छैन, रुट परमिटको लागि छलफलमा नै छौ यसको लागि चाँडै निष्‍कर्ष निस्कने उनको भनाइ छ। सरकारले चलाउने कि कसले चलाउने भन्ने पक्षमा छलफल भइरहेको छ। उनले भने,'साझा बसले बिजुली बस चलाउनेछ।

'वैशाखदेखि चल्छ भन्ने त थाहा भएन तर, बिजुली बस चल्नुपर्छ भन्ने आफ्नाे धारणा रहेकाे साझा यातायात सञ्चालन समितिका कार्यकारी निर्देशक भूषण तुलाधरले बताए। 'नेपालमा आएका बस कसरी मापदण्डविपरीत भए।' उनले भने, 'सरकारले किन चलाउन मानेन यो गम्भीर विषय हाे, कुनैपनि कम्पनीले निर्माण गर्दा मापदण्डविपरीत बनाउँदैन।'

बिजुली बसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ब्याट्री हो। ब्याट्रीमा कुनै पनि खराब छैन र यसलाई सधैँ चार्ज गरेर चलाउनुपर्छ यसले कुनै पनि असर नपार्ने उनको दाबी छ। एकपटक चार्ज गरेपछि २०० किलाेमिटर उक्त बस चल्नेछ।  बसमा पुराना सामानको प्रयोग गरिएको भन्ने सबै हल्ला मात्र रहेको तुलाधरकाे भनाइ छ। साझा यातायातको प्रा‌ंगणमा बिजुली बस चार्ज गर्ने पावर पोइन्ट पनि खडा गरिसकेको उनले जानकारी  दिए।

साझा बस र लुम्बिनी विकास कोष चमा काठमाडौंमा सञ्चालन गर्ने सहमति भएको तुलाधरले दाबी छ। एसीयाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषले सञ्चालन गर्ने गरी पाँचवटा बस खरिद गरेको थियो। तर, लुम्बिनीमा बिजुली बस सञ्चालनको लागि पूर्वाधार तयार नभएसम्म साझा यातायातले काठमाडौंमै चलाउने गरी निर्णय भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.