|

काठमाडौं : कोरिया र नेपालको कला र संस्कृति आदानप्रदान गर्ने उद्देश्यले राजधानीको बबरमहलस्थित कला परिषद्‍मा चित्रकला प्रदर्शन भइरहेको छ। दुवै देशका २३ कलाकारको संयुक्त चित्रकला प्रदर्शनी गरिएको हो। चित्रकलाको प्रदर्शनीको आयोजना धनु आर्ट स्टुडियोले गरेको हो।

पर्यटन वर्ष २०२० लाई सफल बनाउन यो चित्रकला महोत्सव गरिएको धनु आर्ट स्टुडियोका संयोजक धनु याख्खाले बताए। उनका अनुसार यो प्रदर्शनीले नेपाल र कोरियाको बीचमा सम्बन्ध दह्रो हुने उनले विश्वास गरिएको छ। 'राज्यले भने कलाकारलाई संरक्षण र कलाको विकास गर्न सकेको छैन' उनले भने, 'कस्तो लज्जास्पद कार्य हो,यस्ता कार्यहरू राज्यले गर्ने हो तर, किन कलाकारले गरिरहेका छन?'

उनले पछिल्लो समय चित्रकलामा नयाँ पुस्ताको प्रवेश भएको बताए। सरकारले युवा लक्षित कार्यक्रम ल्याएर कलाकारिता क्षेत्रमा प्रवेश गराउन प्रोत्साहन गर्नुपर्नेमा याख्खाले जोड दिए। कलाकार भनेको देशको गहना हुन् भन्दै कलाकारलाई सरक्षण गर्नुपर्ने उनको भनाइ थियो। चित्रकला प्रदर्शनले नेपाल र कोरियाको सम्बन्धमा नयाँ आयाम थपिने याख्खाले विश्वास व्यक्त गरे।

प्रदर्शनी कार्यक्रममा अहिलेको नयाँ पुस्ताहरू चित्रकलामा बढी नै आकर्षति भएको युवा कलाकार किरण सिगुले बताए। कलाकारिताको माध्यमले समाज र संस्कृतिलाई जोडन सकिने उनको भनाइ छ। ब्रस, रङ समाजको ऐना भएको समेत उनले बताए। कलाकारिताको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँन सहयोग गर्ने कलाकार सिंगुले बताए। 'कला र समाजको गहिरो सम्बन्ध छ। कला समाजको ऐना हो' उनले भने, 'त्यसैले यस्ता चित्रकला प्रदर्शनीहरू भइरहनु पर्छ। चित्रले समाज र राष्ट्रको विकृतिको भाषा बोलेको छ।' चित्रले समाज र राष्ट्रलाई जोड्न सक्ने र सभ्य समाज निर्माण गर्न कलाकारको ठूलो भूमिका भएको उनले बताए। 

बबरमहलमा चैत्र २३ गतेदेखि चित्रकला प्रदर्शनी भइरहेको छ। १८ नेपाली र ५ कोरियाली कलाकारको चित्र छन्। प्रदर्शनीमा ४१ वटा पेन्टिङ राखिएको छ। बिहीबारसम्म चित्रकला प्रदर्शनीमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.