|

काठमाडौं : भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्केट जात्रा बुधबारबाट सुरु भएको छ। चैत्र २७ देखि वैशाख ५ गतेसम्म आठ रात नौ दिन धुमधाम मनाइने बिस्केट जात्रा बुधबार सुरु भएको हो।

बिस्केट जात्राको पहिलो दिन काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई राखी पूजा गरी साँझ रथ तानेर जात्रा गरिने चलन छ। जात्राको पहिलो दिन तौमढीबाट तान्न सुरु गरेको रथ तौमढी क्वाछें, सुकुलढोका हुँदै गोल्मढी पुर्‍याएर पुनः तौमढी ल्याई बोलाछें नासमना हुँदै गहिटी पुर्‍याउने प्रचलन छ। जात्रामा रथको अगाडि पछाडि डोरी समातेर दुवैतर्फ जात्रालुले रथलाई आफ्नो तर्फ तानेर जात्रा मनाइन्छ। जात्रामा रथ तानातान गर्दै हजारौं स्थानीयले आ-आफनो टोलमा लैजान खोज्छन्। यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ। रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो।

हेर्नुहोस फोटो :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.