|
File Photo

सुर्खेत : कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन समापन भएको छ। प्रदेशसभाको बुधबार बसेको १३ औँ बैठकबाट सभाको हिउँदे अधिवेशन समापन गरीएको हो। प्रदेश प्रमुखको कार्यालयबाट हिउँदे अधिवेशन समापन गर्ने पत्र सभामा सुनाएर सभामुख शाहीले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्।

प्रदेश सभाको हिउँदे अधिवेशन फाल्गुनदेखि शुरु भएको थियो। हिउँदे अधिवेशनमा जम्मा १३ वटा बैठक बसेका छन्। ५ वटा महत्वपूर्ण विधेयकहरू पारित भएको सभामुख शाहीले जानकारी दिए।

कर्णाली प्रदेश सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, कर्णाली प्रदेश सार्वजनिक प्रशारण समबन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक २०७५, कर्णाली प्रदेश सहकारी विधेयक २०७५ प्रदेश सभाको हिउँदे अधिवेशनले पारित गरेको छ।

यस्तै, कर्णाली प्रदेश शुसासण प्रत्याभूत गर्न बनेको विधेयक २०७५ र प्रदेश लोकसेवा आयोगको काम कर्तव्य र अधिकारका समबन्धमा व्यवस्था गर्न बनेको विधेयक हिउँदे अधिवेशनले पारित गरेको सभामुख शाहीले जानकारी दिए।

हिउँदे अधिवेनका क्रममा सांसदहरूले मतदाता र जनताका सार्वजनिक चासो र समस्यालाई संसदमा उठाएर सरकारको र संसदको ध्यानकर्षण गराएको सभामुखले बताए। कर्णाली प्रदेश सभाको बुधवार बसेको हिउदे अधिवेशनको अन्तिम बैठकमा प्रदेशसभाका सदस्यहरूले सरकारको कामको प्रशंसा गरेको छन्।

सत्ता पक्षीय सांसदहरूले पनि यसअघिका बैठकमा सरकारको चर्को आलोचना गर्ने गरेका थिए। तर, सरकारले २०७१ सालदेखि पालमा बस्दै आएका १ हजार ४५ जना बाढीपीडितहरूलाई तीन लाख रुपैयाँ दिएर जग्गा भएकाहरूको हकमा आवास बनाउने तथा जग्गा नभएकाहरूको हकमा उनीहरूलाई एकीकृत बस्तीको रूपमा बस्ती बसाल्ने निर्णय गरेको भन्दै संसदहरूले सरकारको प्रशंसा गरेका हुन्।

यस्तै सरकारले कर्णालीका जिल्लामा असिना तथा हावाहुरी पीडितलाई दुई करोड बजेट विनियोजन गरेको बताउँदै सांसदहरूले खुशी व्यक्त गरेका छन्।

यसैबीच, बुधबारको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संसदमा पेश गरेको प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारीत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.