निक्षेपकर्ताको रकम भुक्तान गराएरै छाड्छौं : प्रजिअ शर्मा

|

पर्सा : प्राइम बचत तथा ऋण सहकारी संस्था लि. वीरगन्जका अध्यक्ष राजेश पटेल र कोषाध्यक्ष उनकी श्रीमती रिताकुमारी पोख्रेल निक्षेपकर्ताको करोडौं रकम लिएर फरार भएका छन्। २०६६ सालमा स्थापना भएको प्राइम बचतका संचालक गएको आइतबारबाट फरार भएको खुलासा भएको हो।

उनीहरुले निक्षेपकर्ताको करिब ८ करोड जति लिएर फरार भएको निक्षेपकर्ताहरुको दाबी छ। ५० जनाजतिले बुधबार मात्र जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएको जिल्ला प्रशासन कार्यालयका कर्मचारीले बताए।

निक्षेपकर्ताको रकम भुक्तान गराएरै छाड्छौं : प्रजिअ शर्मा

निक्षेपकर्ताहरु आफूहरु लुटिएको महसुस गरी निवेदन लिएर आउने क्रम सुरु हुनासाथ जिल्ला प्रशासन कार्यालय पर्साले पर्सा बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र प्रतिनीधिहरुसँग छलफल गरी उनलाई खोजी गरी निक्षेपकर्ताको रकम सुरक्षित गर्न साथ दिने लिखित सहमति गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले बताए। गलत काम गर्ने जो कोही किन नहोस् उसले सजाय पाउनुपर्छ। जहाँ लुकेको भए पनि उनी फेला पर्नैपर्छ। निक्षेपकर्ताको भुक्तान गर्नैपर्छ उनले भने।

फरार प्राइमका अध्यक्ष पटेल पर्सा बचत तथा ऋण सहकारी संघका आफैँ कोषाध्यक्ष समेत रहेको बुझिएको छ। कोषाध्यक्ष नै यस्तो कर्ममा उत्रेपछि पर्साका सहकारी संस्थाहरुप्रति नै सर्वसाधारणले शंकाको दृष्टिले हेर्न थालेका छन्।

गएको आइतबार कार्यालयमा पुग्दा कार्यालयमा ताला मारेको देखिपछि पर्सा बचत तथा ऋण सहकारी संघका कोषाध्यक्षसमेत रहेका प्राइम बचतका अध्यक्ष पटेल निक्षेपकर्ताको करोडौं रकम लिएर फरार भएको खुलासा भयो सेवाग्राहीमध्ये डेढ करोड लिन बाँकी रहेका रंजय कुमार सिंहले बताए। कार्यालयमा ताला लगाएको देखेपछि संचालक समितिका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरुको सम्पर्क नम्बरमा सम्पर्क गर्दा मोवाइल अफ भनेपछि उनीहरु फरार नै भएको पुष्टि भयो उनले भने। एकदुई दिन आफूहरुले खोजी गर्दै उनीहरु रहने बस्ने ठाउँमा बुझ्दा पनि नभेटेपछि प्रहरी प्रशासनलाई गुहारेको अर्का सेवाग्राही सोनालाल राउत अहिलरले बताए। उनको भने ४३ लाख रुपैयाँ प्राइम बचतसँग लिनुपर्ने दावी गरे।

प्राइम बचतको कोषाध्यक्षमा अध्यक्ष पटेलले आफ्नै  श्रीमती रिता कुमारी पोख्रेललाई पनि राखेको संचालक समितिको नामावलीमा उल्लेख गरिएको छ। सो संस्थाको संचालक समितिको वरिष्ठ उपाध्यक्षमा भारती गुरुङ्ग, उपाध्यक्षमा रामलक्ष्मण तिवारी, महासचिव रुपेश कुमार गुप्ता, सचिव शिक्षा थापा, कोषाध्यक्ष अध्यक्ष पटेलकी श्रीमती पोख्रेल, सदस्यमा सुमित कुमार शर्मा रहेको संचालक समितिको विवरणमा उल्लेख गरिएको छ।

एकैदिन ५० जनाको निवेदन

राज्यको तिनखम्बे नीतिलाई साथ दिने र सेवाग्राहीलाई चुस्त सेवा दिन्छौं भनी पर्सा बचत तथा ऋण सहकारी संघ बनेको भए पनि संघका कोषाध्यक्षको यस्तो हर्कतले सहकारी संचालकहरुप्रति नै प्रश्न चिन्न उब्जाएको स्थानीयको दावी छ। जिल्ला प्रशासन कार्यालयमा मात्र आफू ठगिएको भनी असुल उपर गरिपाउँ भनी निवेदन दिनेको संख्या एकै दिन ५० जति पुगिसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

ऋण लिने सेवाग्राहीसँग प्राइमका संचालकहरुले ३ गुना बढिको जिन्सी सम्पति धरौटीमा राखेपछि मात्र ऋण दिने गरेको डेढ करोडको जग्गा राखेर ५० लाख लोन लिएका रंजयकुमार सिंहले थाहा खबरसँग बताए। जिल्ला प्रशासन कार्यालय पर्सामा भेटिएका सिंहले गहभरी आँसु पार्दै आफूहरु बर्बाद भएको गुनासो गरे। १० हजारदेखि डेढ करोडसम्मको कारोवार गर्ने सो संस्थामा रहेको स्थानीय नगवाकी सेवाग्राहीले बताइन्। आफ्नो भने ४ लाख लिनुपर्ने उनको दाबी छ। डाको छोडेर पीडा पोख्दै मुस्लिम समुदायकी ति महिलाले आफूले अब के गर्ने ? सोच्नै नसकेको बताइन्। 

सहकारी संस्थाको छाता संगठनका नेताकै यस्तो हर्कत हुँदा सहकारीहरुको अब कसरी विश्वास गर्ने ? भन्ने सवालमा नेपाल बचत तथा ऋण केन्द्रिय संघका केन्द्रीय सदस्य बृजेश गुप्ताले गएको जेठबाट स्थानीय तहमा सहकारीहरु गएपछि मनोपोली बढेको तर्क गरे। स्थानीय तहबाट न अनुगमन न नियमन भएको छ। अनि अप्रिय घटना नहोला भन्न सकिन्न। पहिले डिभिजन सहकारी कार्यालयले अनुगमन गर्ने नियमन गर्ने हुँदा सबैमा डर थियो।

तर जनप्रतिनीधि कार्यालयको मातहत सहकारी गएपछि त्यहाँ सहकारी बुझ्ने मानिससमेत नहुँदा परिस्थिति उल्टोबाटोमा जाने खतरा बढेको उनको तर्क छ। यो त उदाहरण मात्र हो। सहि अनुगमन र नियमन नहुने हो भने यस्तो अवस्था अझ नआउला भन्न सकिन्न। संघ भित्र उनको बिषयमा केही चर्चा चलेको र निगरानी बढाइरहेको समयमा यस्तो घटना घटेको केन्द्रिय सदस्य गुप्ताले बताए।

जिल्लाकै सबै सहकारीको छाता संगठनका अध्यक्ष र बाँकी पदाधिकारीले आफूहरुले यो घटनालाई अबिलम्ब किनारा लगाउन स्थानीय प्रहरी प्रशासनलाई साथ दिने जनाएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.