|
File Photo

अर्घाखाँची : काठमाडौंबाट सन्धिखर्क आउँदै गरेको बा ४ ख ४५९८ नम्बरको हाइसबाट अवैध सुन बरामद गरिएको छ। अवैध सुन भित्रिँदै गरेको सूचनाको आधारमा प्रहरीले हाइस चेक जाँच गर्दा चालक सिटतर्फको ढोकामा रहेको पकेटमा सेतो प्लास्टिक झोलाभित्र कागजले बेरेको अवस्थामा सुन फेला परेको प्रहरीले जनाएको छ।

प्रतिगोटा ५० ग्राम तौलका तीन थान सुन फेला परेपछि प्रहरीले हायस चालकलाई सोधपुछ गर्दा सन्धिखर्क बजारमा श्रीराम अर्घाखाँची सुनचादी पसल गर्ने कृष्ण पन्थी सुनारले काठमाडौंबाट मगाएको बयान दिएका थिए। प्रहरीले त्यसपछि पसल सञ्चालक सुनारलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले स्वीकार गरेका छन्। भन्सार रकम दाखिला गरेको कागजात नभएकोले उक्त सुन अवैध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक नवराज मल्लले बताए।

उनका अनुसार भन्सार छलेर ल्याइएको उक्त सुनको बजार मूल्य ७ लाख ६३ हजार ८७५ रुपैयाँ पर्दछ। राज्यलाई छल गर्न खोज्ने चालक सुदीप रायमाझी, पसल सञ्चालक सुनार र पौडेल समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरी निरीक्षक गम्भीरजङ थापाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए। बिगो बराबरको रकम जरिवाना लाग्ने बेलैया भन्सार कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.