|

काठमाडौं : संयुक्त युवा विद्यार्थीले संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेका छन्। 

उनीहरुले संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजान थालेको भन्दै बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संशोधन फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन्। ‘देश टुक्र्याउन पाइँदैन, संशोधन प्रस्ताव मान्दैनौँ’, ‘राष्ट्रघाती षडयन्त्रको भण्डाफोर गरौँ’ भन्ने नारा लगाउँदै प्रदर्शन गरेका छन्। 

प्रदर्शनपछि आयोजित कोणसभामा युवा संघ नेपालका उपाध्यक्ष रमेश पौडेल, अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायतले सम्बोधन गर्दै संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजाने भएकाले फिर्ता गर्न माग गरेका थिए।

प्रदर्शनमा विपक्षी दलका भ्रातृ संगठन, युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्थी संगठन, प्रगतिशील युवा संघ, अखिल नेपाल युवक संघ तथा अखिल छैटौँको सहभागिता रहेको थियो। 

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै संयुक्त युवा विद्यार्थीले फिर्ताको माग गर्दै प्रदर्शन गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.