|

डोल्पा : ठुलीभेरी नगरपालिकामा ६ अन्तर्गत पर्ने रिन्पुले डाँडामा निर्माणाधीन मोबाइल टावरको नपुग सामानसहित एक विद्यार्थी नेता डोल्पा पुगेकाछन्।

विद्यार्थी नेता योगेन्द्र बुढाले एक वर्ष अघिदेखि निर्माणाधिन नमस्तेको मोबाइल टावरमा प्रयोगहुने बि.टि.एस माइक्रोवेभ,रेडियो लिंक, लगायतका सामग्रीहरू जहाजमा चार्टर गरेर शुक्रबार नेपालगञ्बाट गृहजिल्ला डोल्पा पुर्‍याएका हुन्। सामग्री सबै जुफाल झारी सकिएकाले आवाश्यक उपकरणहरू नपुग हुँदा एकवर्षदेखि निर्माणाधीन मोबाइल टावरले अब गतिलिने नेता बुढाले बताए।

भौगोलिक विकटता, भनेको समयमा जहाज नपाइँने र धेरै तौल भएका उपकरणहरु भएका कारण डोल्पासम्म सामग्री ढुवानी केही सयम ढिलाइ भएको बताइएको छ। धेरै तौल भएका सामग्री भएकाले जुफालबाटै निर्माणस्थलसम्म सामग्री पुर्‍याउन कामदार नै नपाइने समस्याले टावर निर्माण सशक्त रुपमा अगाडि बढ्न नसकेको बुढाले बताए।

बस्ती रहेदेखि नै संञ्चारसास्ती खेप्दै आएका माझफालबासी अब छिट्टै घरबाटै देश बिदेशमा मोबाइलमा कुरा गर्ने धोको पूरा हुने भन्दै उत्साहित भएका छन्। अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य समेत रहेका बुढाका अनुसार अझैसम्म संञ्चारको भरपर्दो पहुँच बिस्तार हुन नसकेको माझफालमा अब चौबिसै घण्टा मोबाइल टावर हुने बताए।

निर्माणाधीन टावरलाई सुचारु गराउन दुइजना टेक्निसियनसहित एक इन्जिनियर पनि डोल्पा पुगिसकेकाले अबको हप्ता दशदिन भित्रै सेवा सुचारु हुने बुढाले भनाइ छ। माझफाल मात्रै नभइ तल्लो र माथिल्लो डोल्पाका नागरिकहरू समेत संञ्चार सुविधाबाट वञ्चित भएकाले त्यहाँ पनि टावर बिस्तारका लागि नेपाल टेलिकम केन्द्रीय कार्यालयमा पहल गर्ने उनले बताए।

मोबाइल टावर निर्माणपछि माझफालका करिब एकहजार घरधुरीहरू लाभान्वित हुनेछन्। यसअघि पनि बुढाकै पहलमा ठुलीभेरी नगरपालिकामा पर्ने दुईवटा विद्यालयमा ११ लाख २५ हजार मूल्य बराबरका सौर्य टुकी वितरण गरिएको थियो। दुइसाता अघिमात्रै नेता बुढाकै पहलमा डोल्पाका तीन विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी) कार्यक्रम समेत परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.