काठमाडौं : आर्थिक वर्ष २०७४/७५ सम्म नेपाल सरकारको कुल ऋण दायित्व नौ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। जसमध्ये आन्तरिक ऋण तीन खर्ब ९१ अर्ब १६ करोड र वैदेशिक ऋण ५ खर्ब २४ अर्ब १५ करोड रुपैयाँ रहेको महालेखाले परीक्षकको कार्यालयले जनाएको छ।
अघिल्लो वर्षको तुलनामा ३१.१९ प्रतिशतले अर्थात् दुई खर्ब १७ अर्ब ६२ करोड रुपैयाँले ऋण वृद्धि भएको छ। कुल ऋणमध्ये आन्तरिक ऋण ४२.७३ प्रतिशत र वैदेशिक ऋण ५७.२७ प्रतिशत रहेको छ। नेपालीको थाप्लोमा ऋण थपिकएको छ।
महालेखापरीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ अनुसार नेपालीको थाप्लोमा ३१ हजार ७ सय ५० रुपैयाँ ऋण छ। त्यसअघिको वर्षको तुलनामा नेपालीको ऋण ७ हजार ४३ रुपैयाँले बढेको हो। आर्थिक वर्ष ०७३/०७४ मा २४ हजार ७ सय ७ रुपैयाँ ऋण थियो।
'२०६८ को जनगणनाअनुसार कुल जनसंख्या २ करोड ८८ लाख २९ हजारलाई आधार मान्दा यो वर्षसम्म प्रतिव्यक्ति कुल ऋण दायित्व ३१ हजार ७५० रुपैयाँ रहेको छ। प्रतिव्यक्ति ऋण दायित्व गत वर्षभन्दा ७ हजार ४३ ले बढ्न गएको छ,' महालेखाको प्रतिवेदनमा भनिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।