अर्थ

रानीपोखरीको नाममा महानगरको साढे दुई करोड बालुवामा पानी
SHARES

चैत २९, २०७५

    काठमाडौं : भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको नाममा काठमाडौं महानगरपालिकाले खर्च गरेको दुई करोड ६० लाख रुपैयाँ बालुवामा पानी सरह भएको छ। यो रकम समयमै निर्णय लिन नसेको कारण खेर गएको महालेखा परीक्षकको कार्यालयले जानएको छ। 

    २०७२ को भूकम्पबाट क्षतिग्रस्त बालगोपालेश्वर मन्दिरसहित रानी पोखरी पुनर्निर्माण गर्न काठमाडौं महानगरपालिकाले एक निर्माण व्यवसायीसँग ७ करोड ११
    लाखमा सम्झौता गरी २ करोड ३० लाख ३८ हजार भुक्तानी गरेपछि उक्त कार्यमा आधुनिक प्रविधि र सामग्री प्रयोग गरेकोले पुरातत्त्व विभागबाटै पुनः निर्माण गर्ने सहमति भएको थियो।

    विभागले भूकम्प अगाडिकै गुम्बज शैलीमा बालगोपालेश्वर मन्दिरकोमात्र निर्माण गर्न १ करोड ४२ लाख ५५ हजारको लागत अनुमान तयार गरीे १ करोड ४० लाख ५८ हजारमा २०७५ असारसम्ममा काम सम्पन्न गर्ने गरी  एक संयुक्त उपक्रमसँग सम्झौता भई ३० लाख ४९ हजार भुक्तानी गरेको छ । 

    यस सम्बन्धमा नेपाल सरकारबाट १४ माघ २०७५ मा मा बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालीन ग्रन्थकुट शैलीमा नै पुनः निर्माण गर्ने निर्णय भएकोले समयमै उपयुक्त निर्णय नलिएको कारण विभाग र काठमाडौं महानगरपालिकाबाट खर्च भएकोकुल रकम दुई करोड ६० लाख ८७ हजार खेर गएको महालेखाले उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]