|

दाङ : जिल्लामा लोकल माहुरीको महले बजार नपाउँदा किसान चिन्तित बनेका छन्। दाङको तुलसीपुर ३ खमारी र पहरेखोलामा किसानले पालेका लोकल माहुरीको मह बिक्री हुन सकेको छैन।

आफूले पालेका लोकल माहुरीबाट उत्पादन भएको झन्डै १६/१७ क्विन्टल मह बिक्री नहुँदा घरमै राख्नुपर्ने बाध्यता रहेको माहुरी पालन उद्यमी समूहका अध्यक्ष कलिभान रोकाले बताए।  उनका अनुसार उक्त महको अहिले बजार मूल्य १८ लाख रुपैयाँ मूल्य बराबरको रहेको छ। प्रतिकिलो न्यूनतम मूल्य ९०० देखि १ हजारसम्म रहेको उनले बताए। त्यस क्षेत्रका किसानले विगतमा पनि लोकल माहुरीको मह उत्पादन गरेर राम्रो आम्दानी गर्दै आएका थिए। तर यस वर्ष धेरै मह उत्पादन भए पनि महले बजार नपाएपछि आम्दानी हुन नसकेको समूहका अध्यक्ष रोकाले बताएका छन्।

अहिले किसानहरूले आफूले उत्पादन गरेको मह घरमै थन्काएर राख्न बाध्य अध्यक्ष रोकाले बताए। १ जना  किसानले घरमा कम्तिमा १० वटादेखि ८५ वटा माहुरीको घार राखेर व्यवसाय गर्दै आएका छन्। अहिले त्यस क्षेत्रमा ७५६ वटा घारमा माहुरी पालन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.