|

सुनसरी : धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कारमा सवार इटहरी उपमहानगरपालिका–५ का अनिल श्रेष्ठ, ठेगाना नखुलेका जनक बुढाथोकी र मदन लिम्बु रहेका छन्। कारका चालक गोविन्द बस्नेत गम्भीर घाइते भएका छन्।

शुक्रबार राति साढे ११ बजे धरानबाट इटहरीतर्फ आउँदै गरेको मे १ त ६६९२ नम्बरको ट्रयाक्टरको ट्रलीमा बा २० च ४०७६ नम्वरको कार ठोक्किएको प्रहरीले जनाएको छ। ट्रयाक्टरमा ठोक्किएको कार उछिट्टिएर इटहरीबाट धरान जाँदै गरेको अर्को को १ ख ४७६१ नम्बरको बसमा ठोक्एिको थियो। 

कारमा सवार ३ जनामध्ये एक जनाको घटनास्थलमै र बाँकी दुई जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.