|

बारा : पाँचौ निजगढ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार वीरगञ्ज युनाइटेड फुटबल क्लब र आयोजक निजगढ युवा क्लब भिड्दै छन्। 

खेल पुरानो निजगढस्थित कछाडीया खेल मैदानमा अपराहन् ३ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। वीरगञ्जले नव जनजागृति युवा क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकोहो भने आयोजक निजगढले सर्लाही–११ लाई पराजित गर्दै उपाधिको होडमा पुगेको हो।

प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीले २५ सय र विधागत रुपमा उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.