अर्थ

परम्परागत बाख्रापालनमा रमाउँदै न्वालावासी
SHARES

चैत ३०, २०७५

    कञ्चनपुर  ः कञ्चनपुर र डडेल्धुराको सीमावर्ती न्वाला गाउँका आठ परिवार परम्परागत रुपमा बाख्रापालन गरी जीविका धान्दै आएका छन्। गाउँका बासिन्दाको रोजगारीको एक मात्रै माध्यमका रूपमा बाख्रापालन रहेको छ।

    पाखो बारीमा लगाएको अन्नले तीन महिना पनि नधान्ने भएपछि हातमुख जोर्नका लागि बाख्रापालन गर्दै आएका छन। दुई दशकदेखि बाख्रपालन गर्दै आएका लालबहादुर बिष्टले पाखो बारीमा फल्ने अन्नले पूरै वर्ष एघार जनाको परिवारका लागि नपुग्ने भएकाले बाख्रापालन गर्दै आएको बताए।

    दुई दशकदेखि बाख्रापालन गर्दै आएका बिष्ट सँग ६० वटा बाख्रा रहेका छन। बाख्रा बेचेर बार्षिक रुपमा उनले रु तीन लाख सम्म आम्दानी गर्दै आएका छन।
    'नजिकै वन रहेकाले बाख्रा चराउन सजिलो छ', उनले भने,‘बाख्रापालनबाटै आएको आम्दानीले घर खर्च, लुगाफाटो सँगै बालबालिकाको विद्यालयको खर्च धानिँदै आएको छ।’ दुई छोरीको विवाह बाख्रा बेचेर आएको पैशाले गर्न भ्याएको उनको भनाइ छ। 

    बाख्रा बेचेर आएको आम्दानीले बिष्टले छोरालाई निजी विद्यालयमा पढाउँदै आएका छन्। नगपालिकाकै मटैनामा दुई कट्टा घरेडी जोडेका छन्। खसी-बोका खरिद गर्न व्यापारी गाउँसम्मै पुग्ने भएकाले बेच्नका लागि बजार चाहार्दै हिँडनुपर्ने झन्झट समेत नरहेको मञ्जित बोहराले बताए। 'चरनका लागि वन छ' उनले भने, ‘एक जना गोठाला जानुपर्छ। बाख्रा चरेर गोठमा फर्किन्छन। पाल्न गाह्रो छैन।’ 

    बाख्राको मल बारीमा हालेर केही परिवारले तरकारी खेती शुरु गरी अतिरिक्त आम्दानी समेत लिँदै आएका छन। बाख्रापालनले घर खर्च धानेर बाँकी रहेको कम बचत गर्दै आएको जयबहादुर बोहराले बताए। बाख्रापालन बारे तालिम र अनुदानको व्यवस्था भए उन्नत जातका बाख्रापालन गरी बढी आम्दानी लिन सकिन्थ्यो। उनले भने, ‘अहिलेसम्म त्यो पाएका छैनौं।’ न्वालाका सबै बासिन्दाले स्थानीय जातका खरी बाख्रापालन गर्दै आएका छन। 

    बाख्रा विरामी परे टाढाको पशु प्राविधिकलाई लक्षण बताई त्यसकै आधारमा उपचार गर्दै आएका छन। कति बेला रोग पहिचान नहुदा धेरै बाख्रा मर्दा घाटा समेत लाग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन। बाख्राको बीमा गर्नु पर्दछ भन्ने जानकारी भएपछि कसरी गर्ने भन्ने जानकारी नहुँदा अन्याेलमा रहेको स्थानीय बासिन्दाले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]