|

सुनसरी : सुनसरीको धरान ८ स्थित सेउती पुलनजिक भएको कार दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। चारकोशे जंगल स्थित कोशी राजमार्गको सो खण्डमा भएको दुर्घटना गम्भीर घाइते भएका कार चालक गोबिन्द बस्नेतको उपचारको क्रममा ज्यान गएपछि मृतकको संख्या ४ पुगेको हो।

यसअघि सो दुर्घटनामा ३ जनाको ज्यान गएको थियो। एक जनाको घटनास्थलमै र बाँकी २ जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। शुक्रबार राति साढे ११ बजे धरानबाट इटहरी आउदै गरेको बा २० च ४०७६ नम्बरको कारले सोही दिशातर्फ आउदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियो।

त्यसपछि इटहरीबाट धरान तर्फ जांदै गरेको को १ ख ४७६१ नम्बरको बसमा उक्त कार ठोक्किएर दुर्घटनाग्रस्त भएको हो। दुर्घटना परी कारमा सवार इटहरी ५ का अनिल श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको थियो। जनक बुढाथोकी र मदन लिम्बूको वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक होमराज दाहालले जानकारी दिए।

गम्भीर घाइते कार चालक गोविन्द बस्नेतलाइ धरानमा उपचार हुन नसकेपछि बिराटनगरस्थित न्यूरो अस्पताल पुर्‍याइएको थियो। गम्भीर घाइते उनको उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.