|

ओखलढुंगा : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राजनीतिक दलहरूलाई देश विकासमा प्रतिस्पर्धा नगरी एक हुन अनुरोध गरेका छन्। उद्योग बाणिज्य संघ ओखलढुंगाले आयोजना गरेको ओखलढुंगा औद्याेगिक महोत्सवको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै मन्त्री पोख्रेलले देश बिकासका लागि एकले अर्काको खुट्टा तन्ने प्रवृति रोकेर सबैलाई एक हुन आब्हान गरेका हुन्। 

उपप्रधानमन्त्री पोख्रेलले पञ्चायती व्यवस्थादेखि बहुदलीय व्यवस्थामा स्थापना भएका ३८ भन्दा बढी उधोग हाल बन्द हुँदा हजारौंले पाएको रोजगारी गुमेको बताए। मन्त्री पोख्रेलले तत्कालीन कांग्रेस सरकारलाई लक्षित गर्दै ती उद्योगहरू कसले र के स्वार्थका लागि बिक्री गर्‍याे भनेर प्रश्न समेत उठाए। उनले बन्द भएका उद्योगहरू सरकारले सके आफ्नै लगानीमा संचालन गर्ने पनि बताए। मन्त्री पोख्रेलले निजी क्षेत्रलाई प्रोत्साहन गरी पुनःसंचालनमा ल्याउने तयारी गरिरहेकाले निजी क्षेत्र तथा जनतालाई प्रोत्साहित गर्दै देशमा विद्युतमा लगानी बढाउने समेत बताएका छन्। 

बैदेशिक रोजगारीमा गएका नेपाली र विदेशमा बस्ने नेपालीको विद्युतमा लगानी गर्न इच्छुक भएका कारण सरकारले नेपालको पानी जनताको लगानीमा विशेष ध्यान दिदै काम गरेको बताए। कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले आफू पनि ओखलढुंगाको छोरो भएकाकारण मातृभूमिकाे विकासका लागि ओखलढुंगा, सल्लेरी, दिक्तेल ओखलढुंगा जोड्ने स्वर्ण सगरमाथा चक्रपथ ब्यवस्थित निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने पनि बताए।  

कार्यक्रमलाई नेपाल सरकारका पूर्व मन्त्री रमेश लेखक, पूर्व सेनापति रुपमाङगत कटुवाल, संघीय सांसद यज्ञराज सुनुवार तथा पूर्व जनप्रतिनिधिले पनि सवोधन गरेका थिए। ओखलढुंगाको पर्यटन विकासका लगाि महोत्सवले योगदान पुर्‍याउने उनीहरूको भनाई थियो। उद्योग बाणिज्य संघ ओखलढुंगाले आयोजना गरेको ओखलढुंगा औद्याेगिक महोत्सवमा १५० स्टलमा ५० स्टल बिदेशी रहेका छन।

महोत्सव २०७५ चैत ३० देखि २०७६ साल बैशाख १० सम्म चल्ने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.