|

सुर्खेत : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सञ्चार माध्यामले सबैको साझा आवाजलाई बुलुन्द गर्नुपर्ने बताए। मन्त्री भण्डारीले कसैको आग्रह र पूर्वाग्रहमा नरहेर सबै वर्ग, क्षेत्र र समुदायको साझा आवाज सञ्चार माध्यामले बोल्नु पर्नेमा जोड दिए।

मन्त्री भण्डारीले चौथो वर्षको प्रवेश गरेको अवसरमा प्रदेश एफएमलाई शुभकामना दिदै प्रदेशका जनताको समस्या र यहाँको विकृतिलाई उजागर गर्न रेडियोले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए। मन्त्री भण्डारीले सरकारले पत्रकारका लागि स्वास्थ विमा लगायतका कार्यक्रम सञ्चालन समेत गरेको बताए। कार्यक्रममा शुभकामना दिदै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले छोटो समयमा नै प्रदेश एफएमले धेरै स्रोताको मन जित्न सफल भएको भन्दै अझै उच्च प्रगतीको कामना गरिन्।

मन्त्री केसीले सञ्चारमाध्यामले पावर र पहुँचवालाहरूको आवाज मात्र समेट्ने खतरा बढेको भन्दै पहुँचविहीन तथा आवाज विहीनहरूको आवाज बुलुन्द गर्नुपर्नेमा जोड दिइन्। राज्यले गरेका राम्रा गतिविधिलाई जनता समक्ष पुर्‍याउन र सरकार गलत बाटोमा गए निरन्तर खबरदारी गर्न रेडियोलाई अनुरोध गरिन्। ब्रोकास्टिङ एसोसियसन (वान) का अध्यक्ष चन्द्र न्यौपानेले राज्यका ठूला ठूला परिवर्तनकारी आन्दोलनमा सँगसँगै हिडेका रेडियोलाई स्थानीय सरकार र प्रदेश सरकारले अब पनि सँगै लिनु पर्ने बताए। उनले सामुदायिक रेडियो र व्यवसायिक रेडियोको समस्या र चुनौती साझा भएकाले मिलेर जानुको विकल्प नरहेकोमा जोड दिए। 

कर्णाली योजना आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले प्रदेश  एफएमले छोटो समयमा पनि राम्रो प्रगति गरेको भन्दै मिडियाबाट कसैलाई दुःख र हैरानी नहुने गरी काम गर्न सचेत गराए। कार्यक्रममा वीरेन्द्र नगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले प्रदेश एफ एम अन्य संचारमाध्य भन्दाभिन्न र सबैको साझा बनेर सुचना सम्प्रेषण गरेकोमा धन्यवाद दिदै अझै पनि सबैको  साझा बन्न सकोस भन्दै शुभकामना व्यक्त गरे। उनले वीरेन्द्र नगर नगरपालिका संचारमाध्यम संग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए। यस्तै सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले जनताको आवाज बनेर सूचना सम्प्रेषण गरेकोमा धन्यवाद दिए।

एफएमले शुसासन र विकृति विसंगतिका विरुद्धमा आवाज उठाएको र आगामी दिनमा पनि झन शसक्त भएर अघि बढ्न शुभकामना व्यक्त गरे। कार्यक्रममा अन्य वक्तले प्रदेश एफएम छोटो समयमा पनि राम्रो प्रगति गरेको र लोकप्रीय बनेको भन्दै आगामी दिनमा पनि कर्णाली जनमनको ढुकढुकी बन्नको लागि शुभकामना व्यक्त गरेका छन्।

कर्णाली प्रदेशको एक मात्र व्यवासायीक रेडियोको रुपमा आफूलाई स्थापित गर्न सफल प्रदेश एफएमले कर्णालीका विभिन्न जिल्लाका रेडीयोमा नेटवर्क विस्तार गरेको छ। कार्यक्रममा रेडियोलाई प्रत्यक्ष वा अप्रत्येक्ष रुपमा सहयोग गर्ने सवैलाई सम्मान गरिएको छ। यसैबीच नेकपा कर्णाली प्रदेशका इन्चार्ज तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले रेडियो प्रदेश एफएम नेटवर्क १०५ मेघाहर्ज लाई चौथौँ बार्षिक उत्सवको अवसरमा प्रगतीको शुभकामना दिएका छन्। साथै उनले सबै कर्णालीबासी जनसमुदाय सबैमा नयाँ वर्ष खुसी सुखी र उमंगको वर्ष बनोस भन्दै शुभकामना व्यक्त गरे।

यसै गरी  नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले पनि प्रदेश एफएमको चौथौ बार्षिक उत्सवको अवसरमा जनताको आवाज बनेर काम गरोस भन्ने शुभकामना व्यक्त गरेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.