|

बारा  : निजगढमा शनिबार राति असिना पानीसहित आएको हुरीले घरका छाना उडाएको छ। केही ठाउँमा बिजुलीका पोल ढलेका छन्। यसरी नै केरा खेती नष्ट गरेको छ। 

निजगढ नगरपालिका–८ का भिमबहादुर योञ्जनको घरको छानो उडाएको छ। छानो उडाएपछि पानी घरभित्र पस्दा घरका सम्पूर्ण सरसमान भिजेर क्षति पुगेको छ। त्यसैगरि निजगढ–७ का दिनानाथ साहको घरको छानो उडाएको छ।

यसरी नै हुरी र असिनाले क्षति पुर्‍याएको छ। केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा हुरीका कारण केरा खेतीमा क्षति पुर्‍याएको छ। हुरीले घरीसहितको केराको ठम्बा लडाएको छ। त्यसैगरी निजगढका किसानले लगाएको केरा खेती असिनाले गर्दा नोक्सान भएको किसान सितराम दंगालले बताए।

कतिपय स्थानमा हुरीले रुख समेत ढालिदिएको छ। विभिन्न घरका विद्युत तार चुडाएको छ। विद्युतमा क्षति पुग्दा रातिदेखि नै सेवा अवरुद्ध भएको छ। बिहानैदेखि विद्युत् प्राधिकरण निजगढ शाखाका कर्मचारी मर्मतका लागि खटिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.