सोलुखुम्बु : तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको बिमान दुर्घटना भएको छ।
पार्किङ गरि राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको बिमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए।
विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन। प्रत्यक्षर्शी जितबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ। वृस्तृत विवरण आउँन बाँकी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।