|

सोलुखुम्बु : लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा भएको समिट एयरको विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा विमानस्थका सहचालक एस ढुंगाना र सुरक्षामा खटिएका पर्यटक प्रहरी असई रामबहादुर खड्काको घट्ना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। लुक्लाबाट रामेछापका लागि बिहान ९ः२० मा उडान भर्न लागेको समिट एयरको 9NAMH कल साइनको विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको नागरिक उड्यान प्राधिकरण लुक्लाका इन्चार्ज इमनाथ अधिकारीले जानकारी दिए। 

अधिकारीका अनुुसार विमानमा पाइलट र कोपाइलट मात्रै रहेका थिए। विमानस्थलमै खटिएका अर्का सुरक्षाकर्मी रुद्रबहादुर श्रेष्ठ घाइते भएका छन्। बिस्तृत विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.