'वृद्धभत्ता बढ्छ, यो कुनै गोप्य कुरा होइन'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्ध भत्ताले बाँच्ने आशा जगाएको बताएका छन। 

आइतबार प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिक स्वास्थ्य बीमाको सुरुवात गर्दै वृद्ध भत्ताले मान्छेमा बाँच्ने आशा जगाएको बताए। राष्ट्रियसभामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले जनतामा आशा जगाउन र सरकार भएको अनुभूति गराउनका लागि यो कार्यक्रम ल्याएको बताउँदै यो अहिले व्यापक भएर गएको बताए। 

'यसपहिले ७० वर्ष पुगेपछि बाँचिन्न भन्ने कुरा हुन्थ्यो तर अहिले त्यस्तो छैन। वृद्ध भत्ताले बाच्ने साहस जगायो, साहरा दियो। दुई वर्षपछि र एक वर्षपछि वृद्धभत्ता बुझ्छु भनिरहेका वृद्धवृद्धा भेटिन्छन', प्रधानमन्त्रीले भने। 

प्रधानमन्त्रीले अबको बजेटमा वृद्धभत्ता बढ्ने पनि घोषणा गरे। उनले भने, 'अर्थमन्त्री अगाडि हुँदाहुँदै बजेट पहिले भनिहाल्न हुँदैन तर सबैलाई थाहा छ वृद्धभत्ता बढ्छ। यो कुनै गोप्य कुरा होइन। अनि बाआमाहरूले वृद्ध भइयो अब मरिन्छ भनेर भयो? वृद्धभत्ता बढ्दै छ। यसले बाँच्ने मनोविजज्ञान र आयू बढाएको छ।'

सरकारका कामले नेपाली जागेको पनि प्रधानमन्त्रीको दाबी थियो। उनले जनतामा नेपाली नागरिक हौँ भन्ने भावना जगाउने काम सरकारले गरेको पनि दाबी गरे। उनले भने, 'यसले नेपाल जगाएको छ। नेपाललाई ब्युझाएको छ। नेपाली को हौँ भन्ने कुरा सम्झिन थालेका छौँ।'

समाजिक सुरक्षा अभियान थाल्दा तत्कालिन अवस्थामा विभिन्न राजनीतिक दल र व्यक्तिहरूले सरकारले कनिका छरेको भनेर आलोचना गरेको भन्दै प्रधानमन्त्री ओलीले भने, 'बुढाबुढीलाई पैसा दिएर के फाइदा भने। आमाबाबुलाई हेरविचार गर्दा खाना ख्वाउँदा कति फाइदा भनेर हेर्ने मनोवृत्ति पनि देखियो। त्यहाँबाट सुरु भएको अभियान ज्येष्ठ नागरिक स्वास्थ्य बीमा खाता खोल्ने अवसथामा आइपुगेको छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.