|

सिन्धुली : सिन्धुलीमा मृगको अबैध सिकार भइरहेका बेला आइतबार एक घाइत मृगको सशस्त्र प्रहरी बल सिन्धुलीले उद्धार गरेको छ। सशस्त्र प्रहरी वल सिन्धुलीले घाइते मृगको उद्धार गरी वन डिभिजन कार्यालय सिन्धुलीलाई बुझाएको छ। 

सशस्त्र प्रहरी बल सिन्धुलीले कमलामाई नगरपालिका ५ मिलनचोकस्थित इन्द्रबहादुर घलानको घरमा अचानक छिरेको सुराकका आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। घाइते भई घना बस्ती छिरेको मृगको उद्धार गरी डिभिजन वन कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरी वल कार्यालय सिन्धुलीका प्रमुख तथा सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश शर्माले जानकारी दिए। 

नियन्त्रणमा लिइएको घाइते मृगको उपचारपछि कमलामाई नगरपालिका ५ स्थित कालिका सामुदायिक वन उपभोक्ता समितिको जंगलमा लगेर सुरक्षित छाडिएको वन डिभिजन कार्यालय सिन्धुलीका फरेस्टर सिर्जना दाहालले बताइन्। सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रमा मृग धेरै मात्रमा पाइने भएपछि स्थानीयले अबैध सिकार गर्ने गरेका छन्।

घाइते मृगलाई पनि सिकारीले घाइते बनाइएको हुन सक्ने आशंकामा सशस्त्र प्रहरीले सुराकीका आधारमा तत्काल नियन्त्रणमा लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.