|

कामकाजी व्यक्तिहरूलाई पछिल्लो समय एउटा समस्याले सताइरहेको छ। यस्तो समस्याले सताएका व्यक्तिहरूलाई राति आराम गरिरहेको अवस्थामा अचानक शून्य भएजस्तो महसुस हुन्छ।

यो समस्यालाई कार्पल टनल सिन्ड्रोम (सिटिएस) भनिन्छ। यो सिन्ड्रोम लगातार ८-९ घण्टासम्म कम्प्युटरमा काम गर्दा देखिन्छ। यस्तो समस्या पुरुष कामदारमा भन्दा महिला कामदारमा बढी देखिएको छ।

के हो सिटिएस?

सिटिएस नामको यो बिरामीमा हातका ‌औँला र नाडीमा दुखाइबाट सुरु हुन्छ। पछि दुखाई पाखुरातिर बढ्दै जान्छ। विशेषज्ञहरूका अनुसार नाडीको मध्यभागमा एउटा नशा हुन्छ, जसको दबाबबाट यस्तो समस्या उत्पन्न हुन्छ। उनीहरूका अनुसार लगातार टाइपिङ गर्दा यो समस्या झन बढ्दै जान्छ।

कसलाई बढी असर?

यो बिमारीबाट सबैभन्दा धेरै असर १८ वर्षदेखि ३५ वर्षभित्रका व्यक्तिहरूलाई हुन्छ। युवालाई यो समस्या यस कारण धेरै हुन्छ कि उनीहरू दिनभर कम्प्युटर वा ल्यापटपमा काम गरिरहेका हुन्छन्।

यो सिन्ड्रोमबाट पीडित व्यक्तिहरूको संख्या दिनप्रति दिन बढिरहेको छ। यस्तो सिन्ड्रोम देखिएका व्यक्तिहरूलाई के काम गर्नुहुन्छ भनेर सोध्यो भने उनीहरू दिनभर कम्प्युटरमा काम गर्ने गरेको बताउँछन्।

ब्रिटेनमा भएको एक अध्ययनलेबा १ लाख व्यक्तिहरूमध्ये १२० महिला र ६० पुरुषमा यो सिन्ड्रोमबाट पीडित भएको भेटिएको थियो।

यसबाट कसरी बच्ने?

एक घण्टा टाइप गरेपछि पाँच मिनेट ब्रेक लिने। सधैँ व्यायाम गर्ने। दैनिक १० मिनेट मुठी बन्द गर्ने खोल्ने क्रिया गर्ने। दिनमा पाँच पटकसम्म मुठी खोल्ने बन्द गर्ने क्रिया गर्नाले यस्तो समस्याबाट राहत हुने चिकित्सकहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.