|
File Photo

काठमाडौं : सार्वजनिक भएको कर्मचारी समायोजनको सूचीको विरोध गर्दै आन्दोलनमा उत्रिएको सरकारी चिकित्सक संघ (गोदान)ले आन्दोलन स्थगित गरेको छ।

सरकारी पक्षले दुई साता समय मागेपछि गोदानले आफ्नो आन्दोलन स्थगित गर्ने निर्णय गरेको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताए। सरकार शनिबार दुई हप्ता आन्दोलन स्थगित गर्न आह्वान गरेपछि आइतबार बसेको बृहत भेलाले जारी आन्दोलन दुई हप्ताको लागि स्थगित गर्ने निर्णय गरेको अध्यक्ष डा पाण्डेले बताए। उनले भने 'हामी हाम्रो मागमा अझै अडिग छौँ। सरकारले माग सम्बोधन गर्न दुई हप्ताको सय मागेपछि आन्दोलन स्थगित गर्ने निर्णय गरेका हौँ। माग पूरा नभए फेरि आन्दोलन गरेका छौँ।'

शनिबार स्वास्थ्य मन्त्रालयमा सम्पन्न अनौपचारिक छलफलमा सरकारी प्रतिनिधिले दुई साताको समय मागेका थियो। शनिबार मन्त्रालयमा भएको अनौपचारिक छलफलमा स्वास्थ्य मन्त्रालयका तर्फबाट सचिवद्वय डा. पुष्पा चौधरी, चन्द्रकुमार घिमिरे, सहसचिवद्वय महेन्द्रप्रसाद श्रेष्ठ र जनार्दन गुरागाईं सहभागी थिए। यस्तै, गोदानका तर्फबाट अध्यक्ष डा. दीपेन्द्र पाण्डे, उपाध्यक्ष डा. सुनिल पौडेल र महासचिव डा. रवीन खड्का सहभागी थिए। छलफलमा नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ र सहकोषाध्यक्ष डा. प्रकाश बुढाथोकीसमेत सहभागी थिए। उनीहरूले चिकित्सकहरूको माग सम्मोधन गर्न दुई दिनको समय मागेका थिए।

आफूहरूलाई संघअन्तरगर्त राख्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरूले अघिल्लो शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बहिस्कार गरेका थिए। यद्यपि पछिल्ला दिनमा उनीहरूले अस्पताल बाहिर त्रिपाल टाँगेर ओपिडी सेवा उपलब्ध गराउने कोशिस गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.