|

एक वर्ष लामो प्रतिबन्ध पूरा गरेका अस्ट्रेलियन टिमका पूर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाको १५ सदस्यीय टोलीमा स्मिथ र वार्नरले पुनरागमन गरेका हुन्। क्रिकेट अष्ट्रेलियाले सार्वजनिक गरेको विश्वकप खेल्ने टोलीको सूचीमा स्मिथ र वार्नर परेका छन्। ‘बल टेम्परिङ’ विवादका कारण अस्ट्रेलियन क्रिकेट बोर्डले उनीहरूलाई लामो प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धमा परेपछि स्मिथ र वार्नर पछिल्लो एक बर्षयता अष्ट्रेलियन टोलीमा परेका थिएनन्।

‘बल टेम्परिङ’ को कारण १२ महिने प्रतिबन्ध खेपेका स्मिथ र वार्नरको प्रतिबन्ध २६ जुनमा सकिएको थियो। गत वर्षको चैतमा दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष क्रिकेटका वेला अष्ट्रेलियाका खेलाडीले ‘बल टेम्परिङ’ गरेपछि तत्कालीन कप्तान र उपकप्तानलाई एक वर्ष निलम्बन गरिएको थियो।

स्मिथ र वार्नरले टोलीमा बनाउदा पिटर ह्यान्ड्सकम्प र जोस ह्याजलउड भने बाहिरिएका छन्। वार्नर र स्मिथ दुवै अहिले भारतको इन्डियन प्रिमियर लिग (आईपीएल) मा व्यस्त छन्। आईपीएलमा स्मिथले राजस्थान रोयल्स तथा वार्नरले सनराईजर्स हैदरवादबाट खेलिरहेका छन्।

आरोन फिन्चको कप्तानीमा विश्वकप खेल्ने अष्ट्रेलियाले उद्घाटन खेलमा अफगानिस्तानको सामना गर्नेछ। विश्वकप इंग्ल्यान्ड र वेल्समा मे ३० बाट  हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.