|
File Photo

काठमाडाैं : आईसीसी यू–१९ विश्वकपका लागि भइरहेको एसियन छनोटको तेस्रो खेलमा नेपालले ९३ चुनौती पाएको छ।

नेपालले टस जितेर पहिले बलिङ गरेपछि व्याटिङमा आएको मलेसिलायले घरेलु मैदानमा ३३ ओभर पाँच बलमा सबै विकेट गुमाएर ९२ रनमात्रै बनाउन सक्यो।  मलेसियाका लागि सर्वाधिक रन इजाज डानिएलले ३७ रन बनाए। त्यस्तै मोहमम्द अमिरले १३ रन र हाकिम हरिसनको १० रन बाहेक अन्य कुनै व्याट्म्यानले दोहोरो अंक बनाउन सकेनन्।

मलेसियालाई सस्तैमा समेटन कुसल मल्ल र पवन सर्राफले समान ३–३ विकेट लिए भने कमलसिंह ऐरीले २ र  सागर ढकालले एक विकेट लिए। पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपाल दोस्रो खेलमा वर्षाका कारण युएइसँग १ रनले पराजित भएको थियो। सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने वर्षाले डीएलको सिकार भएको थियो।

युएइसँगको हारसँगै नेपालको विश्वकप छनोटको संभावना कमजोर भएको छ। यद्यपि कुनै खेलमा युएइ पराजित भएको खण्डमा भने नेपालको संभावना खुल्ने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.