|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कुल काठमाडौंलाई वर्ल्ड बुक अफ रेकर्डस् को प्रमाणपत्र हस्तान्तरण गरेका छन।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाणपत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन।

प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १०० रुपैयाँमा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई समताले गुन लगाएको बताए। 'राज्यले लिनुपर्ने दायित्व तपाईंहरूले लिनु भएको छ। यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु', प्रधानमन्त्री ओलीले भने, 'अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरूका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन।'

प्रधानमन्त्री ओलीले समता स्कुलका कारण नेपाललाई विश्वमा पनि पहिचान मिलेको बताए। 'सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छ', प्रधानमन्त्री ओलीले थपे, 'यसका लागि तपाईंहरूलाई बधाइ छ।'

प्रधानमन्त्री ओलीले यस वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नुहने दाबी गरेका छन। नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको प्रधानमन्त्री ओलीले बताए। कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पनि उपस्थिती थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.