|

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री पुरुष साइक्लिङ दौड प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन भएको छ। आर्मीले एक स्वर्ण र एक रजतसहित च्याम्पियन भएको हो। 

बाँकेको बैजनाथ गाउँपालिका १ गाभरमा सोमबार सम्पन्न प्रतियोगितामा आर्मीका ओकेशराज बज्राचार्यले एक घण्टा २५ मिनेट ९ सेकेन्डमा निर्धारित दूरी पार गरे। उनलाई पछ्याउँदै आर्मीका हिमाल टमटा दोस्रो भए। उनले एक घण्टा २६ मिनेट ६ सेकेन्डमा दूरी पार गरे। प्रतियोगितामा गण्डकी प्रदेशका हिक्मत विक तेस्रो भए। उनले एक घण्टा २६ मिनेट ४४ सेकेन्डमा दूरी पार गरे।

क्रस कन्ट्री महिला साइक्लिङ दौड प्रतियोगितामा प्रदेश ३ ले दुई पदक हात पारेको छ। प्रदेश ३ की लक्ष्मी मगरले एक घण्टा २० मिनेट ५२ सेकण्डमा दूरी पार गरिन्। दोस्रो भएकी गण्डकी प्रदेशकी उषा खनालले एक घण्टा ३३ मिनेट ३८ सेकेण्डमा दूरी पार गर्दा प्रदेश ३ की निरजला ताम्राकारले एक घण्टा ३५ मिनेट ५६ सेकेण्डमा दूरी पार गरी तेस्रो भएको बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष राजकुमार विसीले जानकारी दिए।

पुरुष साइक्लिङ प्रतियोगितामा दुई विभागीय नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्वल तथा ६ प्रदेशका ३० खेलाडी सहभागी भएका थिए। महिला साइक्लिङ प्रतियोगितामा १० जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.