|

क्रिकेट विश्वकप २०१९ का लागि भारतीय टीमको घोषणा भएको छ।

मे महिनामा इंल्यान्डमा आयोजना हुने क्रिकेट विश्वकपका लागि भारतीय क्रिकेट बोर्ड बिसिसिआईले सोमबार १५ सदस्यीय टीमको घोषणा गरेको हो।

भारतीय क्रिकेट टीमको कप्तानको जिम्मेवारी विराट कोहलीलाई दिइएको छ भने उपकप्तान रोहित शर्मालाई बनाइएको छ।

भारतीय टीम यस्तो छः

विराट कोहली (कप्तान)

रोहित शर्मा (उपकप्तान)

शिखर धवन

महेन्द्रसिंह धोनी (विकेट किपर)

दिनेश कार्तिक

युजवेन्द्र चहल

रविन्द्र जडेजा

विजय शंकर

मोहम्मद शमी

केएल राहुल

केदार जाधव

कुलदीप यादव

हार्दिक पण्ड्या

जसप्रीत बुमराह

भुवनेश्वर कुमार

अम्बाती रायडू र ऋषभ पन्तले विश्वकपमा ठाउँ पाउने विश्लेषण गरिएको थियो तर उनीहरूलाई विश्वकप खेल्ने टीममा राखिएन।

बीबीसीका अनुसार हाल घोषणा गरिएको टीम अस्थायी हो। यो टीममा २३ मे सम्म बिसिसिआईले परिवर्तन गर्नसक्ने बताइएको छ।

विश्वकपको सुरुवात मे महिनाको अन्तिममा हुनेछ। विश्वकप २०१९ को पहिलो खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच लन्डनको ओभल स्टेडियममा हुनेछ। भारतले पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध जुन ५ मा खेल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.