|

ताप्लेजुङ : सदरमुकाम फुङ्लिङको हेलिप्याड गेटनजिकै भएको निजी कार दुर्घटनामा २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते दुबैको खतरामुक्त अवस्थामा तमोर हस्पिटलमा उपचार भइरहेको छ।

डिएसपी सञ्जयसिंह थापाका अनुसार हेलिप्याड गेट अगाडिबाट अनियन्त्रित भई झरेको कार मेवाखोला हिल रिसाेर्टको माथिपट्टिको पर्खालमा गएर अड्किएको छ। बा १२ च ३०० नम्बरको कार दुर्घटनामा पर्दा चालक गाडी धनी ललितपुर कुसुन्ती बस्ने टंकलिम्बू र उनीसँगै सवार कालीबहादुर तामाङ घाइते भएका हुन्।

दुर्घटनामालगत्तै प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए। यात्रु पाथीभरा मन्दिरको दर्शनका लागि हिंडेको जानकारी आफूले पाएको डिएसपी थापाले जानकारी दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.