|

काठमाडौं  : पश्चिमी वायुको प्रभावका कारण देशका केही भागमा अहिले असिनासहितको पानी परेको छ। काठमाडौं उपत्यकासहित पोखरा चितवन लगायतका भागमा मेघ गर्जनसहित असिना पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी  दिए।

अहिले मध्यम वर्षा भइरहेको र वर्षा बेलुका ८/९ बजेसम्म कायम रहने मौसमविद् पौडेलले  बताए। मौसममा गडबढी आएका कारण तीन दिनसम्म आकाश नखुल्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार बिहान आकाश केही खुले पनि बेलुका पख हल्कादेखि मध्यम वर्षा हुने मौसमविद पौडेलले  बताए। बिहीबारसम्म पश्चिम र मध्य पश्चिम क्षेत्रमा आकाश धुम्म हुने, पानी पर्ने तथा घाम नलाग्ने मौसमविदको पूर्वानुमान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.