|

   भारतको निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टीकी नेतृ मायावतीको चुनावी अभियानमा रोक लगाएको छ। दुवैजनामाथि केही दिनका लागि चुनावी प्रचारप्रसारमा रोक लगाईएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

योगी आदित्यनाथमाथि ३ दिन र मायावतीमाथि दुई दिनका लागि चुनावी अभियानमा रोक लगाईएको बिबिसीले जनाएको छ। दुवैजनाले चुनावी भाषणका क्रममा निर्वाचन आचारसंहिता उलंघन गरेको निर्वाचन आयोगको ठहर छ। सर्वोच्च अदालतले दुवैजनाको आपत्तिजनक अभिव्यक्ति दिंदापनि निर्वाचन आयोगले कुनै कारवाही नगरेको टिप्पणी पछि यस्तो कारबाही गरिएको हो।

यही अप्रेल ७ मा सहारनपुरमा भएको चुनावी कार्यक्रममा मायावतीले मुसलमानहरुलाई आफ्नो मत बाँडिन नदिन अपिल गर्नुभएको थियो। यस्तैगरी योगी आदित्यनाथले अप्रेल ९ मा मरेठमा आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दै “यदी काँग्रेस, सपा र बसपाको भरोसा अली मा छ भने हाम्रो आस्था बजरंगबलीमा छ” भन्नुभएको थियो। निर्वाचन आयोगले दुवैजनाको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै चुनावी अभियानमा रोक लगाएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.