हरेक वर्ष बैशाख २ देखि १६ गतेसम्म विद्यार्थी भर्ना अभियान संचालन हुने

|
फाइल फोटो

काठमाडौं : सरकारले बैशाख २ गते विद्यार्थी भर्ना दिवस मनाउने भएको छ।

मन्त्रिपरिषदको सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रत्येक वर्ष बैशाख २ गतेलाई विद्यार्थी भर्ना दिवस मनाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद स्रोतका अनुसार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको प्रस्तावमा बैशाख २ गतेलाई विद्यार्थी भर्ना दिवस मनाउनुका अलवा हरेक वर्ष बैशाख २ देखि १६ गतेसम्म सरकारले विद्यार्थी भर्ना अभियान संचालन गर्ने निर्णय भएको छ।

यो वर्षको विद्यार्थी भर्ना अभियानको नारा पनि तय भएको छ। आजदेखि सुरु भएको यो वर्षको विद्यार्थी भर्ना अभियानको नारा ‘सबै बालबालिकाहरूलाई विद्यालय पठाऊँ, नेपाललाई शिक्षितको देश बनाऊँ‘ रहेको छ।

गतवर्षदेखि सरकारले विद्यार्थी भर्ना अभियान चलाएको हो। विद्यार्थी भर्ना अभियानका क्रममा गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरूले विभिन्न जिल्लाका विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.