|

इण्डियन प्रिमियर लीग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सातौं हार ब्यहोरेको छ। सोमबार राति भएको खेलमा बैंगलोर मुम्बई इण्डियन्ससँग पाँच विकेटले पराजित भएको हो। 

टस हारेर ब्याटिङ गरेको बैंगलोरले निर्धारित ओभरमा सात विकेट गुमाएर १७१ रन बनाएको थियो।  १ सय ७२ रनको लक्ष्य घरेलु टोली मुम्बईले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। मुम्बईका लागि क्विन्टन डि ककले ४०, सूर्यकुमार यादवले २९, रोहित शर्माले २८, इसन किसानले २१ रन बनाए भने हार्दिक पाण्ड्या ३७ रनमा नटआउट रहे ।

बैङ्लोरका लागि एबी डे भिलियर्सले सर्वाधिक ७५, मोइन अलीले ५० र पार्थिब पटेलले २८ रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन जोड्न सकेनन्। बैंगलोरको ४ विकेट लिएका लासिथ मालिंगा प्लेयर अफ दि म्याच घोषित भए।

अहिलेसम्म खेलेका ८ खेलमध्ये एक खेल मात्रै जितेको बैंगलोरको प्लेअफ प्रवेशको संभावना कठिन बनेको छ। मुम्बई भने ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.