|

इलाम : एएफसी छनोटको दोस्रो चरण खेल्ने २३ सदस्यीय यू–१९ महिला टिम छनोट गरिएको छ।

म्यानमार हुने प्रतियोगिताका लागि सरू लिम्बुको कप्तानी र हरि ओम श्रेष्ठ मुख्य प्रशिक्षकको टीम घोषणा गरिएको हो। यस अघि थाइल्याण्डमा भएको पहिलो चरणमा उत्कृष्ट प्रर्दशन गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो।

प्रतियोगिताको तयारीका लागि नेपाली टिम बुधबार चीन जाँदैछ। चीनमा नेपालले २ वटा मैत्रीपुर्ण खेल खेल्नेछ। कार्तिक दोस्रो साता थाइल्याण्डको चोनबुरीमा भएको प्रतियोगितामा भारतलाई हेड टु हेडमा पछि पार्दै नेपालले तीन खेलबाट ६ अंक बनाउँदै दोस्रो चरणमा स्थान बनाएको थियो।

दोस्रो चरणको छनोट अप्रिल २६ बाट ३० सम्म हुनेछ। छनोटको शीर्ष टोलीले एएफसी यू –१९ च्याम्पियनसिपमा स्थान बनाउने छन्।  छनोटको समूह ’ए’ मा रहेको नेपालले बलियो टोलीहरू अष्ट्रेलिया, उज्वेकिस्तान र आयोजक म्यानमारसँग खेल्नेछ। नेपालले पहिलो खेलमा अप्रिल २६मा अष्ट्रेलियासँग खेल्नेछ। यस्तै नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसँग खेल्नेछ।

नेपाली टिमको नाम

गोलकिपर : अन्जना राना मगर, रेबिका राई, उषा नाथ 

डिफेण्डर : निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, बिमला विक, पुजा राना मगर, सलोनी राना मगर, सबिता राना मगर 
मिडफिल्डर : सरू लिम्बु (कप्तान), मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती 
स्ट्राइकर : रेश्मी कुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल, निर्मला उपाध्याय
मुख्य प्रशिक्षक : हरिओम श्रेष्ठ

यु–१९ महिला फुटबल टोली अभ्यास खेल खेल्न चीन जाने 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.