|

मुगु : मुगुम कार्मारोङ गाउँपालिका रिउस गाउँमा ६ शय्याको अस्पताल स्थापना भएको छ। छाया नेपालको आर्थिक सहयोग तथा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) को प्राविधिक सहयोगमा अस्पताल भवनको निर्माण भई सञ्चालनमा आएको हो।

छाया नेपालको ६५ लाख ४ हजार र गाउँपालिकाको ११ लाखको साझेदारीमा अस्पतालको निर्माण भएको हिरिसडेक मुगुका लेखा प्रमुख धिरेन्द्रबहादुर भामले जानकारी दिए ।

गाउँआसपासमै अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउने भए पछि स्थानीयवासी खुसी छन्। प्रसूतिसहितको सेवा प्रवाह गर्ने गरी अस्पताल सञ्चालनमा आएको हिरिसडेक मुगुका अध्यक्ष मिनबहादुर रावलले बताए।

१४ गाउँ लाभाविन्त

अस्पताल सञ्चालनमा आएपछि करानका १४ गाउँले राहतको महसुस गरेका छन्। करान भेगमा रहेका मुगु, पुलु, रिउस, माग्री, ताखा, खारी, दाउरा, चितै डोल्फु पापु, छाइल, चिमाथ, पुअ क्रिमी का स्थानीय लाभान्वित हुने भएका छन्। युनिसेफ नेपालको सहयोगमा अस्पतालका लागि आवश्यक पर्ने उपकरण, औजार, सौर्य उर्जा, शय्या व्यवस्थापन गरिएको छ।

गर्भवती महिलालाई सहज

विपन्नताका कारण नै समयमा जिल्ला औषधि उपचार गर्न लैजान नसक्दा धेरै गर्भवतीको मृत्यु भएको छ। गाउँपालिकाले केही दिनमा नै एमबीबीएस डाक्टर र सुरक्षित प्रसूति सेवाका लागि तालिम प्राप्त जनशक्ति व्यवस्थापन गर्ने अध्यक्ष लामाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.