|

काठमाडौं : आइसिसी यू–१९ विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई २३० रनको लक्ष्य दिएको छ। मलेसियाको सिंलगार टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर एक बलमा २२९ रन बनाको हो।

सुरुवात राम्रो गर्न नसकेको नेपालले १२ रनमा पहिलो विकेट गुमाएको थियो भने ३३ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो। नेपालका पवन सर्राफ पाँच रनमा आउट भए भने रित गौतम १० रनमा पभेलियन फर्किए। नेपालको स्कोर ६२ रन हुँदा तेस्रो विकेट झर्यो।

आजको खेलमा डेब्यु गरेका अभिनाश बस्नेत १५ रनमा आउट भए। त्यसपछि नेपालको स्कोर ७५ रन हुँदा अनुभवी तथा भरपर्दा खेलाडी सन्दीप जोरा मात्र चार रनमा आउट भएपछि चौथो विकेट गुम्यो।

डेब्यु खेलमा अर्धशतक बनाएका हरी चौहान मात्र दुई रनमा आउट भए। जसका कारण नेपालले ८१ रनमा पाँच विकेट गुमायो। छैटौ विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम शार्कीबीच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितीमा पुगेको हो। तर, कप्तान रोहित ७५ रनमा आउट हुन पुगे। त्यसको लगत्तै भीम पनि ३९ रनमा बाहिरीए। जसका कारण नेपालले १७५ रनमा सात विकेट गुमायो।

त्यसपछि कुशल मल्ल पनि मात्र दुई रनमा आउट भएपछि आठौं विकेट गयो। लगत्तै कमलसिंह ऐरी एक रनमा आउट भएपछि नेपालले नवा‌ै‌ विकेट गुमायो।

अन्तिममा आएका प्रतिश जिशीले विस्फोटक ४१ रन बनाएपछि नेपालले बलियो लक्ष्य दिन सफल भयो।

ओमानका लागि जिल तन्ना, आजम अलि, सन्जय रवीन्द्र र मुजाहिर राजाले समान २-२ विकेट लिएका थिए भने यश मेहता र प्रथमेश कुम्लेको नाममा समान १-१ विकेट रहेको थियो।

ओमानले अबको केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.