राजनीति

मन्त्री बाँस्कोटा दुई पटक विमानस्थलबाट फर्किनुपरेपछि…

बैशाख ३, २०७६

    बुटवल : संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा सोमबार काठमाडौं जानका लागि दुई पटक विमानसस्थल पुग्नु परेकोछ। प्यूठानबाट अर्घाखाँचीको बाटो हुँदै बुटवल आएका मन्त्री बाँस्कोटालाई बुद्ध एयरले सोमबार साँझ दुई पटक एयरपोर्टबाट फर्काइदिएपछि यस्तो भएको हो।

    मन्त्री बाँस्कोटाले बुद्ध एयरले आफूलगायत कयौँ यात्रुहरूको अपमान गरेको आरोप लगाए। उनले भने, ‘म मात्रै होइन, अन्य कतिपय यात्रुहरू पनि अलपत्र पर्नुभयो, यस विषयमा पनि समाचार लेख्नुहोस्।’

    सोमबार साँझ ५ बजे को अन्तिम उडानबाट काठमाडौं जाने तयारीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गएका मन्त्री बाँस्कोटा केही घण्टा कुरेर 'जहान नआउने निश्चित भयो' भन्ने खबर पाएपछि फर्केका थिए।

    अर्कोपटक पुनः काठमाडौंबाट जहाज भैरहवाका लागि उडेको खबर पाएपछि मन्त्री बाँस्कोटा विमानस्थलको बाटो लागेका थिए। तर, विमानस्थलमा आएको विमानले मन्त्री बाँस्कोटालाई नै नकुरी फर्केर गएको भन्दै मन्त्री बास्कोटाले मंगलबार पत्रकार सम्मेलनमा गुनासो पोखे। 

    बुद्ध एयरको भैरहवा शाखाका सिनियर अफिसर डिपी मगरकाअनुसार पहिला मौसममा खराबीको कारण काठमाडौंबाट यति एयरले उडान रद्ध गरे पनि बुद्धले उडान रद्ध गरेको थिएन। साँझको उडान भएको कारण मौसम खराब हुन सक्ने र १० बजेपश्चात काठमाडौं विमानस्थल मर्मत संम्भारको लागि बन्द हुने भएपछि छिटो छिटो उडान गर्दा मन्त्री छुटेको उनले जानकारी दिए।

    मगरकाअनुसार काठमाडौंबाट साँझ ७:३२ मिनेटमा उडेको बुद्ध एयर भैरहवा विमानस्थालमा अवतरण गरेको थियो। तर, विमानस्थलमा कार्यरत सुरक्षाकर्मीले मन्त्री नजाने निश्चत भएको भन्दै बुद्ध एयरमा खबर गरेको बताइएको छ। सोही कारणले गर्दा मन्त्री होटलमा आएर बसेका थिए।

    पछि पुनः सहायक प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्री जाने भन्ने खबर उक्त वायुसेवा कम्पनीले पाए पनि काठमाडौंबाट बढीमा ८ बजेभन्दा पछि जहाज नउडाउनु, मौसम खराब छ, काठमाडौं विमानस्थल १० बजे बन्द हुन्छ भनेर खबर आएको र ८ बजेसम्म मन्त्री कुर्दा पनि नआएको कारण मन्त्री छुटेको बुद्ध एयरका सिनियर अफिसर मगरले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]