|

काठमाडौं : नेपाली बजारमा आई थ्री एस प्रविधिसहितको फेमिली स्कूटर ‘डेस्टिनी १२५’ भित्रिएको छ।

हिरो मोटरकर्प लिमिटेडले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १२५ लञ्च गरेको हो। ग्राहकको चाहनालाई ध्यानमा राखेर सो प्रविधि जडित डेस्टिनी १२५ स्कूटर नेपालमा पनि ल्याइएको कम्पनीका प्रमुख रजत भार्गभले जानकारी दिए। अत्याधुनिक प्रविधियुक्त सो स्कूटर नेपाली बजारमा उपयोगी हुने कम्पनीको विश्वास छ।

डेस्टिनी १२५ स्कूटरको मूल्य भ्याटसहित दुई लाख छ हजार रहेको छ। भारतीय बजारमा बिक्री खुला गरिएको सो स्कूटरको लोकप्रियता बढेर गएकाले नेपालमा पनि त्यसलाई भित्र्याइएको दाबी भार्वगले गरे। सो स्कूटरमा बाहिरैबाट इन्धन भर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाइल चार्ज गर्न मिल्नेलगायतका विशेषता रहेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.