राजनीति

सर्वोच्चका न्यायाधीशदेखि प्रमुख निर्वाचन आयुक्तसम्म सिफारिस सातविरुद्ध ११ उजुरी
SHARES

File Photo
बैशाख ३, २०७६

    काठमाडौं : संघीय संसदअन्तर्गत संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीसमा सिफारिस पाँच जना, निर्वाचन आयोगमा प्रमुख आयुक्त र समावेशी आयोगको सदस्यमा सिफारिस भएका सात जनाविरुद्धको उजुरी खोलिएको छ।

    सर्वोच्च अदालतमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश शुष्मालता माथेमा, वरिष्ठ अधिवक्ता हरि फुयाँल, कुमार रेग्मी र डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको थियो। त्यसैगरी, निर्वाचन आयोगको प्रमुख आयुक्तमा नेपाल सरकारका सचिव दिनेशकुमार थपलिया र समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझा सिफारिस भएका थिए।

    उनीहरू विरुद्ध परेको उजुरु मंगलबार खोलिएको हो। सात जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा ११ वटा उजुरी परेका छन्। समिति सदस्यले सुरेन्द्र पाण्डेका अनुसार उजुरी अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिएको छ। उजुरीबारे थप छलफल गर्न बुधबार समितिको बैठक बोलाइएको पाण्डेले जानकारी दिए।

    ती उजुरीहरूमा पाँचवटा उजुरी प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका थपलियाविरुद्ध परेका छन्। कर्मचारी समयोजनसम्बन्धित र पूर्वएमालेका कार्यकर्ता भएको भन्दै उजुरी परेको छ। समितिले बुधबार छलफल गरेपछि समितिले सुनुवाइ सुरु गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]