|
File Photo

धनकुटा । सरकारले गरिबीको रेखामुनी रहेका घर परिवारलाई जनता आवास कार्यक्रमका अलावा बसोबास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको लामो समयपछि धनकुटामा बल्ल कार्यान्वयनमा आउन लागेको छ।

सरकारले चालु आर्थिक वर्षमा २०७५/७६ को बजेटमा सुरक्षित आवासको निर्माण आफैँले गर्न चाहेमा जस्तापाता, सहुलियत दरको काठलगायत सामग्री खरिद गर्न ५० हजार रुपैयाँ दिने निर्णय गरेको लामो समयपछि धनकुटा जिल्लाका सातवटै स्थानीय तहका ३ सय ५० घर परिवार लाई टिनको छानो लगाउनका लागि रकम उपलब्ध गराइने निर्णय भएको हो।

जसअन्तर्गत पहिलो चरणमा धनकुटाका सात वटै स्थानीय तहका ५०/५० परिवारलाई खरको छानो विस्थापित गरी टिनको छानो लगाउनका लागि सुरक्षित आवास नागरीक आवास समन्वय समितिले रकम उपलब्ध गराउने भएको हो।

जसमा धनकुटा नगरपालिकाका १० वटै वडा, पाख्रिवास नगरपालिकाका वडा नं. ५, ७ र ८, महालक्ष्मी नगरपालिकाका वडा नं. ४, ५ र ६, चौबिसे गाउँपालिकाका वडा नं. २, ३ र ५, छथर जोरपाटी गाउँपालिकाका ६ वटै वडा, साँगुरीगढी गाउँपालिकाका वडा नं. ७ र ८, र सहिदभूमी गाउँपालिकाका वडा नं. २, ३, ५ र ६ छनौट भएको जिल्ला समन्वय समितीका वरिष्ठ कार्यक्रम अधिकृत सिताराम गौतमले जानकारी दिए।

त्यसका लागि बैशाख ३ गतेदेखि १२ गतेसम्म आफ्नो घरको छानो फेरिपाऊँ भनी वडा कार्यलयमा निवेदन दिन सकिने गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.