|
File Photo

ओखलढुंगा : ओखलढुंगाको सिद्धिचरण नगरपालिमा कुकुर आतंक भएपछि किसानहरू आतंकित भएका छन्। कुकुरले खसी बाख्रा खान थालेपछि स्थानीय आतंकित भएका हुन्। पछिल्लो समय जिल्लाको सिद्धिचरण नगरपालिकामा छाडा छाडिएका कुकुरको आतंक बढेको छ।

सोमबार मात्रै कुकुरले सिद्धिचरण नगरपालिका १२ का कृष्ण राजभण्डारीका ३ खसी र ५ ओटा बाख्रा गोठमै खाएका छन्। खोरमा बाँधेका खसी बाख्रालाई एक हुल कुकुरले खाएको उनले बताए। आधा दर्जन कुकुरको हुल आएर खसी बाख्रा टोकेको उनको भनाइ। कुकुरको आक्रमणबाट एउटा खसी मरेको छ भने अरू खसी बाख्राको पेट तथा घाँटीमा आक्रमण गरेर आँद्रा निकालेरको अवस्था फेला परेका थिए। कुकुरले बाख्रा खाइरहँदा कुकुरलाई धपाउनसमेत धौधौ परेको उनले बताए।

घाइते भएका बाख्राको पशु चिकित्सक झिकाएर उपचार गरिए पनि बाख्रा बाँच्ने अवस्थामा छैनन् । उनको १ लाख ५० हजारबढीको क्षति भएको अनुमान गरिएको छ। केही दिनअघि मात्रै पनि कुकुरले सिद्धिचण नगरपालिका-१२ कै दिलकुमार बुढाथोकीका दुई खसी पनि सोही प्रकृति मारेका थिए। ओखलढुंगा सदरमुकाममा अघिल्लो वर्ष पनि कुकुरले स्थानीयका खसी बाख्रा मारेका थिए। नगरपालिकाको वडा नं. ७ बिगुटारको धनेपु डाँडागाउँमा पनि कुकुरले पशु चौपाया मारेको कारण आफूहरूलाई समस्या परेको स्थानीय डोमा शेपाले बताइन्।

नगरपालिकामा कुकुरको आतंक बढेका कारण समस्या भए पनि विभिन्न बाधा अड्चनको कारण भुस्याहा कुकुर मार्न पनि समस्या रहेको सिद्धिचरण नगरपलिका नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताए। कुकुर आतंक बढेको कारण अब आफूले सदरमुकाममा प्रसाशन, प्रहरी तथा सरोकारवालालाई सँगै राखी समन्वय गरी निर्णय लिने बताए। ओखलढुंगामा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजीव श्रेष्ठले छाडा कुकुरले किसनका खसी बाख्रा खान थालेकोले कुकुर आतंक बढेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.