|

रामेछाप : एक वर्षदेखि सूनसान रहेको मन्थली विमानस्थल अहिले विदेशी पर्यटकले भरिभराउ भएको छ। रामेछापको सदरमुकाममा रहेको मन्थली विमानस्थलबाट तीन वटा एयरलाइन्सले सोलुखुम्बुको लुक्ला उडान भर्न थालेपछि मन्थली विमानस्थल विदेशी पर्यटकले भरिएको हो। 

मन्थली विमान स्थलबाट तारा एयर, सीता एयर र समिट एयरले डेढ सातादेखि लुक्लाको लागि दैनिक उडान भर्दै आएका छन्। तीन वटा एयरलाइन्सले दैनिक २० देखि ३० उडान भर्दा दैनिक ३०० विदेशी पर्यटक मन्थली हुँदै सोलुखुम्बुका लागि उड्ने गरेको मन्थली विमाल स्थलका प्रमुख अमृतकुमार चौरसियाले जानकारी दिए। 

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत सुरु भएसँगै त्यहाँबाट सोलुखुम्बुका लागि हुने उडान मन्थली विमानस्थलबाट भर्न थालिएको हो। काठमाडौंमा एयर ट्राफिम जाम धेरै हुने भएकाले मन्थलीबाट उडान भर्न सहज भएको विमान चालक भुवन नेपालले बताए। काठमाडौंबाट एक उडान हुने समयमा मन्थलीबाट ३ देखि ४ उडान हुने गरेको नेपालको भनाइ छ।

रामेछापमा पर्यटकको आगमन बढ्नका साथै मन्थलीबाट सोलुका लागि फलफूल, खाद्यान्न, मासु, निर्माण सामग्रीको ढुवानी समेत बढेको तारा एयर मन्थलीका स्टेशन प्रमुख प्रवीण सुवेदीले बताए।

पर्यटकको आगमन बढेपछि रामेछापका होटल व्यवसायी समेत उत्साहित भएका छन्। संघीय संरचना कार्यान्वयमा आएसँगै मन्दी छाएको सदरमुकामको होटल व्यवसाय पर्यटकको आगमनसँगै फास्टाएपछि व्यवसायीहरु उत्साहित भएका हुन्। मन्थली आएका पर्यकटहरुलाई खाना र बस्ने लजमा सन्तुष्ट बनाउन आपूmहरु लागि परेको एसएस एभरग्रिन होटल मन्थलीका सञ्चालक शेखरमान श्रेष्ठले बताए। होटल व्यवसायी संघ रामेछापका अध्यक्ष समेत रहेका श्रेष्ठले मन्थलीमा एक रातमा ५०० जनालाई राख्न सकिने सुविधा सम्पन्न होटलहरु रहेको बताए। 

मन्थलीमा सुविधा सम्पन्न होटलहरु कम भएकाले अधिकांश पर्यटकहरु बिहान काठमाडौंबाट आएर सोही दिन सोलु जाने गरेको जिएस होटल मन्थलीका सञ्चालक गणेश थपलियाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.