|

सोलुखुम्बु : थुलुङदुधकोशी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयमा मोबाइल फोन प्रयोगमा रोक लगाएको छ। गाउँपालिका अध्यक्ष असीम राईको अध्यक्षतामा बसेको सामाजिक विकास समिति शिक्षा शाखाको बैठकले विद्यालय समयमा शिक्षक र विद्यार्थीलाई मोबाइल प्रयोगमा रोक लगाउने रोक लगाउने निर्णय गरेको हो।

विद्यालयमा सूचना आदनप्रदानका लागि एउटा आधिकारिक फोन नम्बर उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ। विद्यालय समयमा मोबाइल फोन प्रयोग गर्दा पठनपाठन प्रभावित हुने भएकाले प्रयोगमा प्रतिबन्ध लगाउनुपरेको गाउँपालिका अध्यक्ष राईले बताए।

‘मोबाइल प्रयोग गर्ने भएपछि विद्यार्थीको ध्यान पढाइमा केन्द्रित नहुने र शिक्षकलाई समेत पढाउन गाह्रो भएकाले यस्तो निर्णय गरेका हौँ,’ अध्यक्ष राईले भने, ‘खस्कँदो शैक्षिक गुणस्तर सुधार गर्नु हाम्रो दायित्व हो।’

प्रविधिमा जोड

गाउँपाकिलाले गत शैक्षिक सत्रबाट प्रत्येक विद्यालयमा विद्युतीय हाजिरी जडान गरिसकेको छ। यस्तै, गाउँपालिकाले सञ्चालन गरेको कक्षा आठको नतिजा समेत वेबसाइटमार्फत सार्वजानिक गरिएको छ।

सूचना र प्रविधिको उच्चतम प्रयोग गर्ने गाउँपालिकालको नीति रहेको बताइएको छ। अनुशासनको पाठ सिक्ने सिकाउन थलोको रुपमा विद्यालय भएकाले शिक्षक र विद्यार्थीलाई पोषाक पनि अनिवार्य गरिएको गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक बुद्धिराज राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.