|

मुगु : जिल्लाको पूर्वी करान भेगमा बसोबास गर्ने लामा समुदायले परिवार नियोजन नगरेको पाइएको छ। मुगुमकार्मारोङ गाउँपालिकामा लामा समुदाको बाहुल्यता छ। त्यस क्षेत्रमा बसोबास गर्ने अधिकांश पुरुषहरूले स्थायी बन्ध्याकरण गर्न मान्दैनन्। मुगुमकार्मारोङ गाउँपालिकामा ९ वडामध्ये आठ वडामा लामा समुदायको बसोबास रहेको छ। त्यस क्षेत्रमा बसोबास गर्ने लामा समुदायमा स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या शून्य नै छ।

मुगुमकार्मरोङ गाउँपालिकामा रहेकाका ९ वटा वडामध्ये लामा समुदायको बसोबास गर्ने आठ वडाका पुरुषहरू कुल देउता रिसाउने भन्दै यस्तो गर्न तयार नभएका स्थानीय बताउँछन्। स्थायी परिवार नियोजन गरे नियमित काम गर्न असजिलो हुने तथा धर्मले पनि स्थायी बन्ध्याकरण गरे पाप लाग्ने भन्दै उनीहरूले बन्ध्याकरण नगरेको  मुगुमकार्मारोङ गाउँपालिका-६ का कार्माछिरिङ लामाले बताए।

अस्थायी साधन पनि प्रयोग गर्नुहुँदैन भन्ने अन्धविश्वास अझै छ महिलाका लागि अनेकौँ परिवार नियोजनका साधन भए पनि यहाँका महिलाहरू डिपो सुई मात्रै प्रयोग गर्छन्। 'पुरुषहरूले घरबाहिर गएर व्यापार गर्नुपर्ने र वर्षभरी परिवार पाल्न टाढा टाढाबाट भारी बोकेर खाद्य र लत्ताकपडा ल्याउनुपर्छ। घरको सबै जिम्मेवारी खेतीपातीसमेत लोग्ने मान्छेको काँधमा हुन्छ, त्यसैले यस क्षेत्रका पुरुषले परिवार नियोजन नगरेका हुन्।' मुगुमकार्मारोङ गाउँपालिका कार्यपालिका सदस्य आङ्गमु लामाले बताइन्।

लामा भन्छिन्, 'परिवार नियोजन गर्दा कमजोर हुने भएकाले महिलाले मात्रै अस्थायी परिवार नियोजनका साधन डिपो सुई प्रयोग गर्ने गरेका छन्। अस्थायी परिवार नियोजनका साधनमध्ये पनि महिलाले तीन महिने डिपो सुई लगाउने चलन बढीनै रहेको छ।' भगवानले बनाएको नियम आफूहरूले तोडन नमिल्ने र लामा धर्ममा स्थायी परिवार नियोजन गरेको व्यक्तिबाट भएको पूजाबाट भगवान् बुद्ध खुसी नहुने मान्यता रहेको स्थानीयको भनाइ छ। सधैँ घरमा पूजा गर्नुपर्छ। त्यसैले कसैले स्थायी परिवार नियोजन नगर्ने गरेका वडा नं ६ कै नाग्मेल लामाले बताए।

यता, मुगुमकामारोङ गाउँपालिका स्वास्थ्य संयोजक सिङदल बुढाका अनुसार स्थायी बन्ध्याकरणका गर्न लामा समुदायका महिला पुरुष स्थास्थ्य संस्थामा आएको तथ्यांक नै छैन। महिलाहरुले भने अस्थायी परिवार नियोजनका साधन डिपो प्रयोग गर्ने र डिपो लगाउन आउने गरेका भए पनि पुरुषहरू परिवार नियोजन गर्न स्वास्थ्य संस्थामा आएको कुनै तथ्यांक नभएको संयोजक बुढाको भनाइ छ। उनका अनुसार  अशिक्षा जनतेतनाको अभावले यस क्षेत्रमा बसोबास गर्ने समुदायले  परिवार नियोजन गर्न नमानेका हुन्। पछिल्लो समय केही शिक्षित व्‍यक्‍तिले जिल्ला हिर गएर परिवार नियोजन गर्ने गरेका बुढाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.