|

उदयपुरः त्रियुगा नगरपालिकाले कृषिलाई आधुनिकरण गने उद्‍देश्यले ट्याक्टर दुई केही दिनअघि पचास प्रतिशत अनुदानमा २७ जना अगुवा किसालनई ट्याक्टर वितरण गर्‍यो। १९ जना किसानलाई जोत्न मिल्ने मिनि हाते ट्याक्टर र सातजनालाई धान काट्ने तथा झार्ने थ्रेसर दियो। प्रतिगोटा ५० हजार पर्ने हाते ट्याक्टर पचास प्रतिशत अनुदानमा २५ हजार लिएर वितरण गरिएको थियो।

ट्याक्टर वितरण कार्यक्रममा त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरीले कृषि क्षेत्रलाई आधुनिकरण गर्दै बजारी करणको व्यवस्थामा समेत त्रियुगा नगरपालिका लागिपरेको दाबी गरे। कुनै समय भैँसीभन्दा महँगो पर्ने गोरु यतिबेला त्यही ट्याकटरका कारण विस्थापित भएको छ।

जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुर सरोराजकान्त अधिकारी भन्छन, ‘विगत धेरै वर्ष अगाडिदेखि किसानलाई जोत्नको लागि ट्याक्टर लगायतका विभिन्न उपकरण हस्तान्तरण गर्दै आउँदा गोरु विस्थापित हुँदै गयो।'

पछिल्लो समयमा स्थानीय तहले समेत जोत्न मिल्ने हाते ट्याक्टर किसालनलाई दिँदै आएका छन्। जसको कारणले किसानले घरमा पालेका जोत्ने गोरुसमेत विस्थापित हुँदै गएका छन्। जिल्लाको भित्री मधेरका अधिकांश समथर भूभागमा ट्याक्टरले गोरुको काम गरिदिएपछि गोरु प्रयोगविहीन बनेका छन्।

गोरु विशेषगरी खेतबारीमा हलो जोत्न र नजिकको सामान ओसारपसार गर्न वयल तथा गोरु गाडाकोरुपमा प्रयोग गरिथ्यो। यसकाअलावा धेरै धान, गहुँ, कोदो, फापर भएमा झार्नका लागि समय र जनशक्ति वचतका हिसावले गोरु प्रयोग गरी दाउनी गर्न गोरुको प्रयोग चलन थ्रेसरका कारण पनि हराउन थालेको कटारी नगरपालिकाका किसान ज्ञानबहादुर कटुवाल बताउँछन। ‘गोरु पाल्नु पर्ने झनजट हटिसकेको छ। उनले भने ‘गोरुको काम सवै ट्याक्टरलेनै गर्छ, किन गोरु पाल्नु?’

पछिल्लो समय कृषिमा आधुनिकिकरण भएसँगै विभिन्न प्रविधि भित्र्एिपछि हलो जोत्न ट्याक्टर र थ्रेसरबाट पेलेर धान, गँहु, परालहरु अलग–अलग निकालिन्छ। गोरुको काम ट्याक्टर र थ्रेसरले सहजैरुपमा गर्न थालेपछि गोरु खरिदविक्री हुन छाडेको उनकै भनाइ छ।

उनले भने  ‘२ बर्ष अघिसम्म एक हल गोरुको मुल्य सरदर ५० देखि ६० हजारसम्म थियो,’ उनले भने, ‘त्यहीँ प्रकारका गोरु अहिले २० हजारमा लैजाउभन्दा लान मान्दैनन्।’ गोरुको मुल्य नभएपछि किसानले गाईबाट जन्मिएका बाँछिलाई पालनपोषण गर्ने र बाछालाई त्यसै छाडा छोड्ने गरेको उनको भनाइ छ।

उनले भने ‘पहाडमा गोरु जोत्ने युवा छैनन्, तराईमा गोरुलेभन्दा ट्याक्टरले छिटो जोत्छ त्यसैले कसैले लिन मान्दैनन्।’ यसैगरी त्रियुगा नगरपालिका गाईघाटका शिव दाहालले पनि आजभोली गोरुले जोत्नै छाडिएको बताए।

उनले भने ‘दिनभर एक हल गोरुले मुस्किलले पाँच कठ्ठा जोत्छ, पाँच कठ्ठा त ट्याक्टरले एक घण्टामा जोत्छ, त्यसैले गोरु वर्षभरी स्हारसुसार गरेर पाल्न कोही रुचाउँदैनन्।’

गोरु कृषि प्रयोजनमा आउने छाडेपछि केहिले काटि खान दिने गरी व्यापारीलाई कम न्यून मूल्यमा दिने गरेका छन्। खुल्ला नाकाको मौकाछोपी भारतबाट गाउँ गाउँ छिरेका व्यापारीले गोरु खरिद गरि लैजाने गरेका छन् तर पछिल्लो समयमा सरकारले सिमानामा कडाई गर्नुकासाथै निकासीमा रोक लगाएपछि व्यापारीहरु गाउँ जान छोडेको किसान हरि कोईराला बताउँछन्।

सदरमुकाम गाईघाटमा, कटारीमा मात्रै किसानले पालेका गोरु दैनिकरुपमा एक दर्जनका हाराहारीमा छाडा छोडिने गरिन्छ। छाडा जनावरले दुर्घटना बढेको भन्दै नगरपालिकाले नियन्त्रण गरी राखेपनि जरिवानाका डरले किसान गोरु बुझ्नसमेत जाने गरेका छैनन्।

ट्याक्टर र थ्रेसरलाई भ्याई नभ्याई

अन्य सिजनमा प्रतिसपर्धामा ढुंगा, गिटी, बालु बोकेर न्युन आम्दानी गरेका ट्याक्टर व्यवसायिलाई किसानले अन्न भित्र्याउने सिजनमा भ्याई नभ्याई हुन्छन। प्रायजसो धान बाली एकै सिजनमा लगाउने र एकै सिजनमा निकालिने भएपछि ट्याक्टर र थ्रेसरलाई भ्याई नभ्याई हुने गर्दछ।

कहिले पानीको पखाई त कहिले पानीले उब्जानी नष्ट गरिदिने पिरले मौका हेरी रहेका किसानले काम गर्न एकैपटक बोलाएपछि ट्याक्ट्र र थ्रेसर धनी धोधारमा पर्ने गरेकाछन्। त्यहीँ मौका छोपी उनीहरुले मुल्यमासमेत आफुखुशी गर्ने गरेको किसानको गुनासो छ। ‘अन्नवाली लगाउने र थन्काउने सिजन आउनु भनेको व्यवसायिलाई दशै आउनु हो,’ त्रियुगा नगरपालिका छ का किसान हेम कार्कीले भने, ‘अरु बेला प्रतिसपर्धाले कमाई नभएर बैंक किस्तासमेत तिर्न धौँ धौ परेका व्यवसायि यो सिजनमा रमाउने गरेका छन्।’

कार्यालयले दिने प्रविधि सहुलियतमा पाउने भएपछि किसानले २०÷२५ घरको समुह बनाई बाँकी रकम संकलन गर्ने गरेकाछन्। कार्यालयले कृषि पेसालाई आधुनिक, व्यवस्थित र पेसामा आकर्षित गर्न सरकारको अनुदानमा बार्षिकरुपमा एक दर्जनको हाराहारीमा कृषकलाई ५० देखि ७० प्रतिशत छुटमा हाते ट्याक्टर उपलब्ध गराउँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.