|

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका सात बस्ने ४९ वर्षीया हरिमान रोकाय जीवनमरण दोसाँधमा रहेका छन्। उनी आठ वर्षदेखि ओछ्यानमै थला परेका हुन्। शरीरलाई चलायमान राख्ने मेरुदण्ड(ढाड)नै भाँचिएपछि उनी ओछ्यानमै थला परेका हुन्।

२०६८ साल वैशाख एक गते छतको छेउमा सुतिरहेको बेला त्यहाँबाट खसेर उनको मेरुदण्ड भाँचिएको थियो। स्थानीय अहेबले ढाँड भाचिँएको र ७२ घण्टभित्रै उपचारका लागि जिल्ला बाहिरका ठूला अस्पतालमा लगेपछि उनको ज्यान बच्ने बताएपछि आफन्तहरुको सहयोगमा उपचारका लागि नेपालगञ्ज लगियो।

नेपालगञ्जमा उपचार सम्भव नभएपछि काठमाडौं शिक्षण अस्पताल लगियो। अस्पतालमा तीन दिनसम्म बस्दा चिकित्सकले उपचार नहुने बताउँदै जोरपाटीमा रहेको अस्पतालमा लैजान सल्लाह दिएपछि उनले जोरपाटीमा रहेको अस्पतालमा १४ दिनसम्म उपचार गराएको उनले बताए।

उनले भने, 'चिकित्सकले दुईवटा रड राखेपछि असह्य पीडाका कारण १० दिनसम्म खाना नखाएको मान्छे खानसक्ने मात्र भए तर सुधारचाहिँ भएन।'त्यसपछि थप उपचारका लागि भैसेपाटीमा रहेको एक अस्पतालमा पठाइयो। भैसेपाटीमा तिन महिना उपचार गराएपछि पनि राम्रोसँग उपचारहुन सकेन्।

चिकित्सकले अझै अस्पतालमा बसेर उपचारगर्नुपर्ने बताएता पनि खर्च अभाबका कारण सासमात्र लिएर घर फर्कनुपरेको हरिमानले बताए।काठमाडौं को महंगो बसाइ,औषधि उपचारखर्च धान्न नसक्दा आफ्नो उपचारहुन नसकेको उनले बताए।आठबर्ष पहिला परिवारमात्रै नभइ विपन्न,असहाय छिमेकीको समेत सहारा बन्ने उनी अहिले अर्काको सहारामा जीवनमरणको दोधारमा रहेर बाँच्नु परेको छ।

जसले गर्दा उनलाई घर बाहिर पाल टाँगेर बस्ने ठाँउ बनाइएको छ। आठबर्ष देखि त्यहीँ ठाउँमा चेप्टो परेर जीवनको अन्तिम सास फेरीरहेका छन्।रोकायले भने 'पहिला बनाएको घर भएपनि ढाड भाँचिएपछि आठबर्ष देखि घाम,पानी,हिँउ छेक्ने त्यही पालको छाप्रोमा चेप्टो पल्टेर मृत्यु कुरीरहेको छुँ।'

उनको राख्ने गरेको तलपट्टी जस्ता बिछ्याइएको छ। त्यसमाथि ओछ्यान राखिएको छ। जस्तालाइ प्वाल पारेर पिसाब छिर्ने बनाइएको छ। दिशागर्न मनलाग्यो भने अरुलाइ बोलायर भाँडोमा थापेर फाल्नुपर्छ।न आफै खान सक्छन न दिशा पिसाबकालागि शौचालयनै जानसक्छन् सबैकुरा श्रीमती र छोरीहरुले गर्ने गरेकाछन्।उनका दुइ छोरी र एउटा आठ बर्षिया कान्छो छोरा छन्।

उनले भने 'जहाँ छु दिशा पिसाब त्यहिँ हुन्छ,छोरीहरुले उठाँयर फाल्छन यस्तो अबस्था देख्दा परिवारले बिष खुवायर किनमार्दैनन् होलाजस्तो लाग्छ।'आफुलाइ असैह्य पिडा त छँदैछ मेरै कारणले परिवारलाइ झन दुख भएको छ मर्नपाएको भए सुख हुन्थ्यो उनले रुँदै भने।ढाड भाँचिए लगत्तै उनलाइ दाजुभाइले पैसा उठायर उपचारकोलागि काठमान्डौ लगिएको हो। तर खर्च अभाबमा उपचारहुन् सकेन्।उपचारका लागि राजधानी बिभिन्न अस्पतालमा लगेपनि आर्थिक अभाबका कारण लाखौँ पैसातिर्न नसक्ने भएकाले उपचार नगरेर फर्काएको उनका भाइ बिष्णुमान रोकायले बताए।

उनले भने 'निकोहुने आशामा सबै गरेर सात लाख रुपैया खर्चभइसक्यो तर अबस्था उस्तै छ,डाक्टरले पच्चीस–तीस लाख पैसा भयोभने उपचारहुन्छ भनेकाछन् यत्रोपैसा घरखेती बेचेर पनि आउँदैन।'आफु थलापरेदेखि घरखर्चनै अरुमा भर पर्नुपरेको बेला लाखौँ रुपैया कसरी पाउने र उपचारगर्ने यसै कुहियर मर्नु बाहेक अरु बिकल्पछैन् उनको गुनासो छ।

चुनाबी एजेण्डा बन्यो तर सहयोग भएन

चुनावमा उनलाई विभिन्न राजनितिक दलका नेताहरुले चुनावी एजेण्डासमेत बनाए।उनी र उनका आफन्तहरुको भोट माग्नका लागि सहरका ठूला अस्पतालमा लगेर उपचार गराउने समेत बाचा गरे तर चुनाव जितिसकेपछि कसैले फर्केर हेरेनन्।

उनकी श्रीम्पती बुद्धीरुपा रोकायले भनिन् 'दोस्रो संविधानसभाको चुनावमा भोट माग्न नेताहरू गाउँ आएका थिए,काठमाण्डौ लगेर उपचार गराइदिने भन्दै सम्पूर्ण परिवार र आफन्तको भोट हाल्न अनुरोध गरे,श्रीमानको उपचार हुने आशामा सबैलाइ हातजोडेर भोटहाल्न लगाय तर नेताहरुको बोली आश्वासनमा मात्रै सीमित भयो।'

'श्रीमानको जीउँदै मरेजस्तो जीवन परिबर्तनहुन्छ कि भन्न आशा पलाएको थियो तर त्यो आशा नेताको बोलीमामात्रै सिमित भयो।'उनले गुनासो गरिन।'मेरो यस्तो अबस्थालाइ नेताहरुले चुनाबि एजेण्डा समेत बनाए,मलाइ खाना खाजा खुवाउन नदियर परिबार र आफन्तलाइ मतदान केन्द्रमा आफ्नो सहित भोटहाल्न पठाए तर चुनाब जितिसकेपछि जितिसकेपछि फर्केर आएनन्' हरिमानले गुनासो गरे।

स्थानीय,प्रदेश र केन्द्रिय चुनाबमा पनि सबैले उपचार गर्दिने आशा जगाए तर जितिसकेपछि एक पटक कस्तो छ भनेर सोध्न समेत आएनन्।

उपचार गराएर अन्य मान्छे सरह हिँडडुलगर्न सक्ने बनाइ दिन्छन् कि भन्ने ठुलो आशा थियो तर कसैले पनि चुनाबि बाचा पुरा नगरेको उनको भनाइ छ।उनको घरको आर्थिक अवस्था कमजोर भएकै कारण ठुली छोरीले पढाइ पुरागर्न सकेकी छैनन्। नजिकैको जनप्रभा माबिबाट एस.एल.सी पास गरेपनि माथिल्लो तहको शिक्षा लिनबाट उनि बञ्चित भएकीछन्।

घरायसी कामकाजको बोझ कमजोर आर्थिक अबस्थाका कारणछोरीछोरीको भबिश्य बिग्रेको उनकि श्रीमती बुद्धीरुपाले बताइन्।उनले रुदै भनिन् 'जतिखेर पनि पिडाले छट्पटाइ रहेको अनुहार देख्छु,रोइ कराइ गरिरहेको देख्छु मन चिरा परेर आउँछ,छाती फुटेर आउँछु,आफ्नो जागिर भएको भए श्रीमानले यस्तो अबस्थामा राख्ने थिइन।' घरायसी कामकाज देखि खचैपर्चसबै कुरा आफैले जेनतेन धानिरहेको उनको भनाइ छ।सधैँ घोप्टो परेर पशुजस्तै बस्नुपर्ने यस्तो अबस्थाबाट छुट्कारा गराइदिन र उपचारकोलागि सहयोग गरिदिनुहुन सबै सहयोगी मनहरुलाइ रोकाय दम्पतीको  आग्रह छ।

मिसन नेपालको अभियान

उनको उपचारकालागि मिशन नेपाल नामक सामाजिक संस्थाले अभियान चलायएको छ।देश बिदेशमा रहेको सहयोगी दाताहरुबाट आर्थिक संकलन गरेर उपचारगर्ने लक्ष्य अनुरुप आर्थिक संकलन अभियान सुरु गरिएको संस्थाका अध्यक्ष ओमेन्द्र केसीले जानकारी दिए।

उनको उपचारका लागि आफ्नो संस्थाको तर्फबाटमात्रै २५ हजार सहयोग गर्ने समेत केसीले बताए।बिरामि रोकायको नाममा जिल्ला सदरमुकाम दुनैमा रहेको सिटिजन्स बैंकमा खाता खोलिएकाले सबै सहयोगी मनहरुलाइ सहयोग गर्न अपिल समेत गरिएको छ।उपचारकालागि आर्थिक संकलनगर्ने क्रम जारी रहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.