|

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाँउपालिकाको आयोजनामा बुधबार प्रथम ऐतिहासिक अजयमेरु महोत्सव २०७६ को उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार महोत्सवको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै मुख्य मन्त्री भट्टले प्राचिन सम्पदाहरूको संरक्षण तथा सम्वर्द्धन गर्न प्रदेश सरकार क्रियाशिल रहने बताए। नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थकतामा पुर्‍याउनका लागि समृद्धि आवश्यक रहेको मुख्यमन्त्री भट्टले तर्क गरेका छन्। आर्थीक समृद्धिका लागि पर्यटकीय क्षेत्रहरूको उजागर गर्नुका साथै पर्यटकीय गन्तव्यहरूको पहिचान गरि पूर्वाधार निर्माणका क्षेत्रमा प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन्।

प्रदेश सरकार विगतको डेढबर्ष कानुन निर्माण तथा निति निर्माणमै लागेकाले विकास निर्माणमा सुस्तता देखिएकाले अबका दिनमा विकास निर्माणलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने उनले बताएका छन्। मेला महोत्सवहरुले पर्यटकीय क्षेत्रहरुको विकासमा टेवा पुर्‍याउने भन्दै मुख्य मन्त्री भट्टले स्थानीय उत्पादनलाई बजारीकरण गर्न ग्रामिण क्षेत्रमा आयोजना हुने महोत्सव महत्वपूर्ण रहेको बताएका छन्। 

प्रतिकूल मौसमका बीच मुख्यमन्त्री भट्टले महोत्सवको उद्घाटन गरेका हुन्। महोत्सवको उद्घाटन पूर्व स्टेज भाँचिएपछि तीन जना महिला सामान्य घाइते भएका छन्। घाईते हुनेमा अजयमेरु गाँउपालिका ३ का देवकी पन्त, उर्मिला पन्त र गिता पन्त  रहेका छन्। तीनै जना सामान्य उपचारपछि घर फर्किएका डडेल्धुरा अस्पताल डडेल्धुराले जनाएको छ।

मुख्यमन्त्री कार्यक्रम उद्घाटनका लागि स्टेजमै रहेका बेला महोत्सवको स्टेज भाँचिएको थियो। तर, मुख्यमन्त्रीलाई भने कुनै चोट नलागेको जनाइएको छ। स्टेज भाचिएपछि स्थानीय र प्रहरीले तत्कालै उद्धार गरेका थिए ।

‘कृषि पर्यटन, कला संस्कृति र खेलकुलको विकासमा हाम्रो अभियान, अजयमेरु महोत्सवमार्फत गाउँपालिकाको पहिचान’ भन्ने मूल नाराका साथ गाउँपालिकाले महोत्सव आयोजना गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.