|

भक्तपुर : विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेजीको माग गर्दै बिहीबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ केन्द्रको आह्वानमा विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ लाई आधार बनाई पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहाइको माग गर्दै  एक घण्टा धर्ना दिएका हुन्।

धर्नामा पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा गर्न र प्रेश स्वतन्त्रता माथि गरिने ज्यादती बन्द गर्न प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुर्‍याउने माग राख्दै महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीले प्रजिअ नारायणप्रसाद भट्टलाई ज्ञापन पत्र बुझाएका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.